Saturday, 16 May 2020

" हल्का लेख "



मायाको धुइरो होला भन्ठानेर गुरुजीलाई अनुरोध गरि गाडी रोक्न लाको त का बाट मायाको धुइरो हुनु आफै चढी आको गाडीले उडाको कच्ची बाटोको धुलो धुइरो पो रैच खिस्स परी  त्यै मायाको धुइरो उडाउदै लागीयो गन्तव्यस्थलतिर।

मल्टिट्यालेन्टेड उस्लाई छोएका पानीका छिटाहरुले बनेको बादलुमा पनि उस्को मल्टिट्यालेन्टेड गुण सरेको रैछ सायद। केही बादलु रेनफल भइ पानीका छिटा बनी सिरिङ्ग पार्ने काउकुती लाउदै मसँग जिस्किरहदा केही भने स्नोफल भइ नजिकै को माउन्ट मनास्लुलाई सेताम्य पार्न र थप केही पानीका छिटा भने लागिपरेछन कमजोर भिजिबिलिटी सुधार गर्न ताकि आएदेखी माउन्ट मनास्लुको दर्शन गर्न आतुर यो मनको चाह पूरा होस् र सोच्न बाध्य  बनाइयोस् कि के रैछ त आखिर यो एकाबिहानै सेता दाँत देखाई मुस्कुराइरहेको माउन्ट मनास्लु र मल्टिट्यालेन्टेड उस्को मुस्कानमा रत्तिभर फरक नहुनुको ठूलो रहस्य। #तिम्रो_मल्टिट्यालेन्सी #ठुलो_रहस्य #बादलुको_घुम्टोले_आरुघाट_बजार_छोपिदा_मैले_तिम्लाई_सम्झेछु_अरु_सबलाई_बिर्सिदा #बिहान_उठ्नेबित्तिकै_हिमाल देख्न पाइयोस्

समान ध्रुवबीच बिकर्षण, हीरा काट्न हीरानै चाहिने जस्ता कुरा सुन्दै आएकोमा आँसु पनि आँसुदेखि डराउँदा रहेछन् भन्ने नयाँ कुरा चाल पाइयो। जस्तोसुकै कठिन परिस्थितिमा पनि जतिनै पीडा भएपनी मेरा आँसु झर्ने डरले त्यो मान्छे सधै आफ्ना आँसु पिएर बसिरहेको देखे मैले। त्यो मान्छे कहिल्यै निन्याउरो अनुहार पारेन ता कि उस्ले मेरो निन्याउरो अनुहार देख्न नपरोस्। अनि उस्को त्यस्तो अदभूत गुण देख्तै आएकोले होला अलिअली उस्को गुण ममा पनि सरे सायद अनि त धेरैपटक उसका आँसु झर्ने डरले मेरा आँसु नि आफ्सेआफ रोकिएका थिए।

मान्छेहरुले त बिदाईका हात हल्लाउछ्न् त्यो था छ, हाम्रो बिदाईको लागि भनेर हिजो कतिले हल्लाए अनि आज कतिले हल्लाउदैछन्। यो भुकम्प नाउँ को चरीले नि बिदाईका लागि हात,खुट्टा,जिउ हो या अन्य केहि हल्लाको हो यकिन चाल पाउन सकिएन जे हल्लाको भएनी नमज्जाले हल्लायो यति चै चाल पाइयो। भुकम्प मोरो या मोरी के पो हुन् खै त्यो नि यकिन चाल पाउन सक्या छैन यतिन्जेल्को संगतले पनि तर यस्को माया देखेर माया अलि चाहिनेभन्दा बढी नै भएको भान हुन थालिराछ अचेल मलाई। कुन दिन मेरो पारा तात्तेर आउँछ अनि महादेवको सोर्सफोर्स लाएर मलाई गरेको मायाको दोब्बर मायाले यो भुकम्प मोरा कि मोरीलाई नै हल्लाउन लाउँछु अनि चाल पाउला के चै गल्ती गरिएछ त आखिर मायाको नाउँमा। #टिट_फोर_ट्याट

जहाँसम्म मेरो यो सिल्ली भैनसकेको दिमागलाई भेउ छ नभएको म कैले देखाइन मैले, उल्टो भएका चाहनाहरुको समेत कैयन पटक यसरी घाँटी निमोठे कि मेरा चाहनाहरु पूरा गर्ने समय निकालि आखिर के नै पो चाहिएला र यो बबुरोलाई भन्ने मानसिकता बनाइसकेको ईश्वर अरुका अनगिन्ती चाहना पूरा गर्दागर्दा थाकेको ईश्वर आजकल केही छिन भए नि चैनले आराम गर्न पाउँदो हो। #म #मेरा_चाहनाहरु #सबको_ईश्वर #थकित_ईश्वर

हर पल हर घडी जिन्दगी नामको किताबका पानाहरु स्वतः पल्टिरहेका हुन्छन्। जिन्दगीको अग्निपरिक्षामा सामिल हुन अब कुन पानामा लेखेको कुरा पुरा कन्ठस्थ बनाउनुपर्ने हो भन्ने मान्छेले पहिल्यै थाहा पाउनु आकाशका तारा झारेर ल्याउछु भन्नुजस्तै गाह्रो कुरो हो। त्यसैले पुराना पानाहरुमा भएका असल कामबाट आनन्द लिनु र गलत कामबाट अब गलत काम नगर्ने पाठ सिक्नु मानवजीवन सार्थक बनाउनु हो। अतः म त लागे पहिलो पानातिर तपाई  नि सुरु गर्नुस् बेलैमा।

हो म म हु। १०० प्रतिशत ठ्याक्कै मजस्तो कोही अरु हुनै सक्तैन। आफूलाई मजाले बुझेको म त बेलाबेला १०० प्रतिशत म हुन सक्तिन, झन मलाई नबुझेको तिमी।

" टाक्क टुक्क "


अहो अचम्म भो एक्कासी हरायो उ अन्धकार भित्र
कति कोशिस गरे गरे भेटेन आखिर उस्तै अर्को  मित्र ।
कति सफा थ्यो एकाताका धमिलो भइगयो उस्को चित्र 
बुझ्नै सक्तिन किन नहट्या अझै धमील त्यो चित्र मन भित्र ।।

जब तिमी लेखिइन्छौ, लेखिइन्छु म,
जब तिमी नजिकिन्छौ, नजिकिन्छु म।
जीवनरुपी किताबको यस्तो पन्ना रैछु,
जब तिमी पल्टिइन्छौ, पल्टिइन्छु म ।।

अचम्मको रैछ त यार दुइदिने यो जिन्दगी
कसैलाई हुँहुँ हुँहुँ छ कसैको हाँहाँ हाँहाँ छ ।
घुर्की नलाए भो अरुले यति हारे उति हारे 
जिन्दगीको असली दाउ हार्नेलाई पो थाहा छ ।।

" सो स्वीट अफ यु "

जे कुरा पनि धेरै भो भने नराम्रो हुन्छ त्यो थाहा छ मलाई पनि। स्वीट्स खाने कुरामा पनि अवश्य त्यै लागू हुन्छ नै। धेरै स्वीट्स खानेलाई त झन पछी गएर डाइबेटिज पनि हुनसक्छ रे। तेती कुरा थाहा हुँदाहुँदै पनि म स्वीट्स अलि बेसी खाने गर्छु किनकी मलाई मान्छेहरुले सो स्वीट अफ यु भनेको औधी मनपर्छ। यति भनेर उ यस्तरी हाँस्यो कि मैले जीवनमा पहिलोपटक उस्लाई यती धेरै खुसी भएको देखे। मलाई लाग्यो सानो रोल नै सही अब सायद नाटकमा हाँस्ने रोल मेरो पनि थियो। उसँगै म पनि यस्तरी हाँसे कि मैले सानो नाटकको सानै रोलको बाबजुद आफुलाई पनि जीवनमा पहिलोपटक यति धेरै खुसी भएको पाए। #सो_स्वीट_अफ_यु #सो_स्वीट_अफ_हिम

" नमज्जाले रोयो आकाश "

खै कैलेदेखी पो हो मन दुखाएर बसेको, हिजो राति संसारै थर्काउने गरि चिच्याउँदै नमजाले रोयो आकाश। उस्को मनमा जमेको दुखपीडाको मयल नि मजाले पखालियो सायद अबिरल झरेका उस्का आँशुहरुले। म स्वार्थी मनुष्य त निदाउन सकिन त्यो चित्कारले, सबैलाई करुणाका दृष्टिले हेर्ने भगवान के निदाउन सक्थे र। अँध्यारो रातमा संसारै झिलिमिली बनाउदै छिनभरमै निभ्दै बल्दै गर्ने टर्चलाइट बाल्दै बिचबिचमा भगवान नि खोज्दैथे संसारको कुन कुनाबाट को पो रुदैछ यति साह्रो भनेर।
#चट्याङको_देशको_नजिकैको_देशमा
#रातको_प्रहरमा_चट्याङसहितको_बर्षा 
#दुखी_आकाश_भगवानको_करुणादृष्टि

Friday, 2 August 2019

" क्लाइमेट चेन्ज "



परिवर्तनको यस्तो बिन्दुमा छु म
न परिवर्तित म ठीक छु
न त अपरिवर्तीत म नै ।

एक्लै बलिष्ठ हात्ती लडाउने
जमानाको बलिष्ठ बाघ म 
मरन्च्याँसे स्यालले लडाएको
घायल बाघ भएको छु आज
शाकाहारी हुँदा नि भोकै छु म
हामी पनि प्राणी हौ भन्दै आज
आन्दोलित छन् सागपातहरु
यस्तोमा म के खाउँ
कसोरी आफ्नो भोको पेटलाई सम्झाउँ
प्राण लिन नपाईकन प्राणीहरुको
कसोरी प्राण जोगाउँ म आफ्नो  ।

आज यसरी म जलिरहेछु
जसरी जल्छन् सुर्जे महाराज
आज यसरी म चिसिएको छु
जसरी चिसिन्छिन् बरफ महारानी
बाहिरको क्लाइमेट चेन्ज कस्को चासो
आफ्नै मनभित्र हुँदा पो आज कत्रो पासो ।





Friday, 14 June 2019

" माफ गर्नुहोला महाशय "


सत्य त्रेता द्वापर कलि आइपुग्यो
कथाले मागेको खण्डमा युगै बदलियो
म खुद साक्षी छु,  दुनिया दिवाना बदलियो
बस् म बदलिएन,  मैले बदलिन जानिन
बलवान कहलिएको, समय
समय त बदलियो दिन रातमा
तर मेरा लागी दिनमै रात हुन्थ्यो
अनि हुन्थ्यो रातमै दिन पनि
वसन्तमै शिशिर हुन्थ्यो
अनि हुन्थ्यो शिशिरमै वसन्त पनि ।

बदलिएको हावाले छोएर होला
बाहिरी म भने खुब बदलियो
तेसबेलाको बच्चो म,
अहिले बुढो भएको छु
चम्किलो कसिलो छाला चाउरिएको छ
तेसबेलाका काला केशहरु सेता भए 
कुनै जमाना मा आफ्नै खुट्टामा दरो उभिने म
अहिले प्राणहिन काठका खुट्टाका भरमा छु ।

तर भित्री म,
कुन्नी कुन बलियो पर्खालले घेरिएको
बदलावको हावै छिर्न नसक्ने
कस्तो कोठा भेट्टाउन सकेको
एक चिम्टी परिवर्तनले छोएको होइन
भित्री म भने,
एकैबेरमा बच्चो भैदिन्छ
एकैबेरमा तन्नेरी भैदिन्छ
एकैबेरमा बुढो भैदिन्छ
एकछिनमै यहाँ भएको म
एकछिनमै त्यहाँ हुन्छु
एकछिन मै पाताल धर्ती स्वर्ग पुग्छु
सुर्य ग्रह ताराहरुसग खेल्न,
कहिले म अन्तरिक्ष मा पुग्छु
कहिले म ,
रवि नपुग्ने ठाउँ पुग्ने कवि हुन्छु ।

माफ गर्नुहोला महाशय,  
म म भए, म अरु हुन सकिन
माफ गर्नुहोला महाशय,  
म म भए, म अरु हुन जानिन ।





Sunday, 3 March 2019

" एकदिन म स्वर्गलोक पुगीगयाँ "

एकदिन म स्वर्गलोक पुगीगयाँ
आफ्नै, आफ्नाहरुकै गरु भलो भनी
यसो स्वर्गे भनाउदाहरुलाई
भरपुर चाप्लुसी गर्दिहालुम भनी
बहुत मेहनतले चाप्लुसी गरियो
चाप्लुसी यतिसम्म गरिएछ कि
हर स्वर्गे जन प्रसन्न भइगया
प्रसन्न मात्रै कहाँ हो र, बहुतै
बहुतैभन्दा ज्यादा प्रसन्न भइगया ।

स्वर्गेहरुका कुरा नि
कसैले मेरी छोरी अप्सरा तँलाई
अब यतै घरज्वाइँ बस् भन्याछन्
कसैले यो घर यो महल तेरो
कसैले यो जमिन तेरो भन्याछन्
कसैले मेरो सट्टा तँ यहाको मन्त्री
कसैले राजा नै भइजा भन्याछन्
कसैले तैले जती गर्नुथ्यो गरीस्
अब हामी तेरो सेवा गर्छौ भन्याछन् ।

जे होस यी स्वर्गे भन्याचै
तेसै स्वर्गे बन्यारैनछन्
मायाममता के हो सेवाभाव के हो
कसैले सिकाउनै नपर्ने 
भलो कुभलो के हो के गर्ने
कोही स्वर्गेबाटै सिकोस्
भन् के चाहन्छस् मनकै पुरा 
एकदिन सबैले भनिदिया
आफ्नो एकमात्र लक्ष्य 
चाप्लुसीले ताकेको अर्जुनबाँण
धर्तीलोक पाइला टेक्ने अनि
आफ्नो र आफ्नाको भलो ।

अहिलेसम्म धर्तिलोक हेर्न पाइँन
आज स्वर्ग आएसी पहिलोचोटी
स्वर्गेहरुकै कृपाले आफ्नालाई देखेँ
र देखेँ आफ्नाहरुको फेरिएको रुप 
फेरिएको स्वरुप देखेँ 
जे देखेँ सब कुरुप देखेँ
मन खिन्न भयो ब्यर्थै यस्तो लक्ष्य बोकेछु
देखेँ त्यो दिन घ्वाँ घ्वाँ रुनेहरु
आज एकपल नि सम्झिन छाडेछन्
नित्यकर्म चोरी, फट्याइँ, छलले
साह्रै बेफुर्सदिलो बनेछन् आफ्नाहरु
यस्ताको के भलो गर्नु र खै
बरु स्वर्गेहरुकै अफर सही लाग्यो अनि
धन त थिएन, तन मनले नै स्वर्गे भइयो 
र बसियो स्वर्गमा बिल्कुल उनिहरुजस्तै ।