Saturday, 16 May 2020

" टाक्क टुक्क "


अहो अचम्म भो एक्कासी हरायो उ अन्धकार भित्र
कति कोशिस गरे गरे भेटेन आखिर उस्तै अर्को  मित्र ।
कति सफा थ्यो एकाताका धमिलो भइगयो उस्को चित्र 
बुझ्नै सक्तिन किन नहट्या अझै धमील त्यो चित्र मन भित्र ।।

जब तिमी लेखिइन्छौ, लेखिइन्छु म,
जब तिमी नजिकिन्छौ, नजिकिन्छु म।
जीवनरुपी किताबको यस्तो पन्ना रैछु,
जब तिमी पल्टिइन्छौ, पल्टिइन्छु म ।।

अचम्मको रैछ त यार दुइदिने यो जिन्दगी
कसैलाई हुँहुँ हुँहुँ छ कसैको हाँहाँ हाँहाँ छ ।
घुर्की नलाए भो अरुले यति हारे उति हारे 
जिन्दगीको असली दाउ हार्नेलाई पो थाहा छ ।।

No comments:

Post a Comment