एकदिन म स्वर्गलोक पुगीगयाँ
आफ्नै, आफ्नाहरुकै गरु भलो भनी
यसो स्वर्गे भनाउदाहरुलाई
भरपुर चाप्लुसी गर्दिहालुम भनी
बहुत मेहनतले चाप्लुसी गरियो
चाप्लुसी यतिसम्म गरिएछ कि
हर स्वर्गे जन प्रसन्न भइगया
प्रसन्न मात्रै कहाँ हो र, बहुतै
बहुतैभन्दा ज्यादा प्रसन्न भइगया ।
स्वर्गेहरुका कुरा नि
कसैले मेरी छोरी अप्सरा तँलाई
अब यतै घरज्वाइँ बस् भन्याछन्
कसैले यो घर यो महल तेरो
कसैले यो जमिन तेरो भन्याछन्
कसैले मेरो सट्टा तँ यहाको मन्त्री
कसैले राजा नै भइजा भन्याछन्
कसैले तैले जती गर्नुथ्यो गरीस्
अब हामी तेरो सेवा गर्छौ भन्याछन् ।
जे होस यी स्वर्गे भन्याचै
तेसै स्वर्गे बन्यारैनछन्
मायाममता के हो सेवाभाव के हो
कसैले सिकाउनै नपर्ने
भलो कुभलो के हो के गर्ने
कोही स्वर्गेबाटै सिकोस्
भन् के चाहन्छस् मनकै पुरा
एकदिन सबैले भनिदिया
आफ्नो एकमात्र लक्ष्य
चाप्लुसीले ताकेको अर्जुनबाँण
धर्तीलोक पाइला टेक्ने अनि
आफ्नो र आफ्नाको भलो ।
अहिलेसम्म धर्तिलोक हेर्न पाइँन
आज स्वर्ग आएसी पहिलोचोटी
स्वर्गेहरुकै कृपाले आफ्नालाई देखेँ
र देखेँ आफ्नाहरुको फेरिएको रुप
फेरिएको स्वरुप देखेँ
जे देखेँ सब कुरुप देखेँ
मन खिन्न भयो ब्यर्थै यस्तो लक्ष्य बोकेछु
देखेँ त्यो दिन घ्वाँ घ्वाँ रुनेहरु
आज एकपल नि सम्झिन छाडेछन्
नित्यकर्म चोरी, फट्याइँ, छलले
साह्रै बेफुर्सदिलो बनेछन् आफ्नाहरु
यस्ताको के भलो गर्नु र खै
बरु स्वर्गेहरुकै अफर सही लाग्यो अनि
धन त थिएन, तन मनले नै स्वर्गे भइयो
र बसियो स्वर्गमा बिल्कुल उनिहरुजस्तै ।

No comments:
Post a Comment