Tuesday, 6 January 2026

"एक हार पछि एक जित आउँछ"


एक रात बिलाइजान्छ, एक दिन आउँछ

चकमन्न अध्याँरो आउँछ, झिसमिसे उज्याँलो आउँछ

ओरालो आउँछ, उकालो पनि त आउँछ

हो एक हार पछि जित आउँछ।।


हरेक हरेशपछी चरेश नै चाहिन्छ भन्ने छैन

चरेश नचाखिकनै सफल हुने आश आउँछ

हो बिचमा पर्खाल आउछ, पर्खाल नाघ्न डर आउँछ

तर एक हार पछि जित अवश्य आउँछ ।। 


हो कालो अन्धकार आउँछ, निडर भएर डर आउँछ

जुन्किरी खोज, धिपिकधिपिक उज्यालो बाल्दै आउँछ  

सलाई दाउरा खोज भर्भर गर्दै आगो मुस्लो भएर आउछ

एक हार पछि एक जित आउँछ ।। 


चिसो आउँछ तातो खोज, तातो आउँछ चिसो खोज 

आउनलाई जे पनि आउँछ, बस समाधान खोज 

एउटा कुरा मात्र नबिर्स जहिले पनि जहाँ पनि 

एक हार पछि जित अवश्य आउँछ।।


#poetry🥀 #struggle #success

No comments:

Post a Comment