Wednesday, 26 September 2018

" जात्रा "


यो जिन्दगी, 
जात्रै जात्रा को महाजात्रा हो
तिमी खुसी छौ 
तिम्रो आफ्नै बारीको जात्रा भैराहुन्छ
तिमी दुखी हुदा पनि जात्रै हुन्छ
अरु कोही त खुसी हुन्छ
अनि उस्ले जात्रा देखाउछ
कसैको बिहानै सुरु हुन्छ,
कसैको खाना खाइओरी हुन्छ
कसैको थाप्लैमाथी सुर्जे आइसकेसी सुरु हुन्छ
कसैको सुर्जे डुबेपश्चात सुरु हुन्छ
कसैको रातभरी चल्छ
कसैको दिन रात चल्छ
कसैको कैयौ दिन चल्छ
कसैको कैयौ रात चल्छ
कसैको महिनौ, कसैको बर्षौ चल्छ
कसैको मासिक, कसैको बार्षिक चल्छ
कसैको वाह्र बर्षमा एकफेरा नि चल्छ
कसैको बाचुन्जेल चल्छ
कसैको मरिसकेपछी नि चल्छ
अचम्मको छ है यो जात्राको यात्रा
तिमी चलायमान हुन्जेल चल्छ
चलायमान हुन छोडेपश्चात पनि 
चलायमान हुन छाड्दैन यो जात्रा।

Thursday, 6 September 2018

" टाउको को कथा "


उस्लाई टाउको दुख्यो
कि
टाउकोलाई उ दुख्यो
बस् सुन्नमा आएको हो
न मैले देखे
न अरु कसैले देख्यो।

यत्रो भार थेग्याछ टाउकोले
तर कहिले सोधेन उस्ले
ए टाउको, मेरो प्यारो साथी
लङ्गोटिया यार टाउके
तलाई केही गाह्रो त छैन है?
अहँ मरिजाउ सोध्या भए
बस् दिनदिनै दनदन हुने गरि
टाउको चलाइदेको छ
दिनको विपनामा त छोडिएन छोडिएन
रातमा चैन दिए हुन्थेन
उट्पट्याङ उट्पट्याङ सपना देख्या छ
अध्यारोमै दिमागको बत्ती जलाइदेको छ
कहिलेकाही त टाउकोलाई नि झोक चल्दो हो
यो मुन्छेलाई भित्तैभित्तामा ठोक्दिम क्यारे।

उस्लाई टाउको दुख्यो
कि
टाउकोलाई उ दुख्यो
बस् सुन्नमा आएको हो
न मैले देखे
न अरु कसैले देख्यो।




Saturday, 11 August 2018

“ पर्खाइ “


पर्खाइ,
यस्तो एउटा मीठो पर्खाइ 
केही कप मीठो चियाको पर्खाइ
नमिठो पछिको मिठोको लागि
तिर्खापछिको प्यासको लागि
तितोपछिको गुलियोको लागि
थोरैपछिको ज्यादाको लागि
लाज पछिको निर्लज्जाको लागि
नर्क पछिको स्वर्गको लागि
बाटोपछिको चौतारीको लागि
परदेशपछिको स्वदेशको लागि
अज्ञानता पछिको ज्ञानको लागि
अध्यारोपछिको उज्यालोको लागि।

पर्खाइ,
एउटा यस्तो पर्खाइ
पर्खाइपछिको नपर्खाइको लागि
बिपनापछिको सपनाको लागि
र फेरि 
सपनापछिको बिपनाको लागि
एउटा यस्तो पर्खाइको पर्खाइमा छु।

Friday, 3 August 2018

" चट्टान हुँ, चट्टान "

म एक चट्टान हुँ
तर समथर ठाउको हैन
उ त्या माथी भीरको चट्टान
पहाडको टुप्पोनेरैको भीर
थोरै माटोको भरमा
थोरै आफ्नो भरमा
धन्न बेलैमा अलि गहिरो गरि
मजबुतीले बसेको थे
र ठिङरिङ्ग उभेको छु।

मलाई बर्षे पानीले चुट्छ
त कहिले हिउँदे शीतले कठ्याउछ
दिनको घाम र रातको चिसोले
ज्यादती गर्छन्, ज्यादती
कमजोर झन कमजोर हुदैछु
पावरवाला चस्मा फेर्दा फेर्दा थाकिसके
आखा धमिला झन धमिला हुदैछन्
पोहोर सालदेखी जोर्नी दुखेर हैरान छु
नसाहरु झम्झम गर्छन्
भतभत पोल्छन्
दमले हैरान छु
दिन रात खोक्याखोक्यै
छातीको देब्रेमात्र हैन
दाहिने पाटो नि उत्तिकै दुख्छ
यस्तोमा नगिचैका फुच्चेफुच्ची चट्टान
यीनको चुरीफुरी देखिनसक्नुको छ
कति संघर्षले यत्रो भए
कति जोर लुगा फटाए फटाए
यसो आओ केटाकेटीहरु
मेरो नजिक आओ
तिमेरुलाई कामलाग्ने कुरा 
जीवनउपयोगी कुरा सिकाउछु भन्यो
शिक्षादिक्षा चाहिदैन रे फटाहाहरु
झन उल्टै शान्तीले बस्न नदिने
मर्ननसकेको बुढा भनी हिड्छन रे
जवानीले मात्तेका असत्तीहरु।

बिस्तारै मेरा जीउबाट
थोरैथोरै गरि माटो झर्दैछ
एकदिन आउनेछ
म पुरै माटो हुनेछु
या यस्तै बर्षाले पिरोल्न छोडेन भने
चाँडै माटोसँगको सम्बन्ध तोड्नेछु
र पहाडको टुप्पोबाट गुल्टिनेछु बेसीतिर
सिगो चट्टानले केही हानी गर्ला भनी
कोही नडराए हुन्छ
कोही नआत्तिए हुन्छ
मलाई थाहा छ,
म धेरै कमजोर भैसक्याछु 
माटो छोडी पहाडबाट गुल्टेको
केहिबेरमा नै म झर्यामझुरुम हुनेछु
र यही माटोमै बिलाउनेछु।


Friday, 29 June 2018

" चस्मा स्टोरी "

अरु चस्मा लाउछन् देख्छन्
म चस्मा लाउछु देख्तिन
हो म चस्मा पिडित हुँ
मलाइ उचित क्षतिपूर्ति चाहिन्छ
यस्तो चस्मा कसरी लाउनु अब
एउटा अच्छा लेकिन चस्मा चाहिन्छ।

स्पष्ट देख्छु पो भन्छ
घुम्ने मेचमाथिको अन्धो मान्छे
म के देख्छु
घुम्ने मेचमाथिको अन्धो मान्छे
उस्को माथी
अर्को घुम्ने मेच र अर्को अन्धो मान्छे
हुने कुरो पो देख्नु यार
नहुने कुरा देख्न रुचाउछ
यस्तो चस्मा कसरी लाउनु अब
एउटा अच्छा लेकिन चस्मा चाहिन्छ, चाहिन्छ।

उस्ले माया गरेर बोल्छे बिचरी
यो चस्मा के देख्छ
देख्छ उस्को फुलेको मुख
रिसले काप्दै गरेका ओंठहरु
देख्छ रिसैरिस बोकेको नाक
अनि देख्छ रिसालु बिषालु आँखा
कसरी सम्झाउ यो थोत्रो चस्मालाई
मेरी प्यारी, मेरी मायालु
मेरी मुटुकी टुक्रा
मेरो मुटु टुक्राउनेहरुमा पर्दिन भनेर
भनन यार, छिटो भन भन्या 
कसरी लाउ यस्तो तुच्छ चस्मा
उत्तर देउ मेरो प्रश्नको
सप्रसग व्याख्या दिनपर्दैन बरु
छोटो मीठो उत्तर देउ
भनिदेउ सखा, भनिदेउ यार
मलाई अर्को चस्मा चाहिन्छ, चाहिदैन?

Thursday, 21 June 2018

" चस्मा स्टोरी "


अरु चस्मा लाउछन देख्छन
म चस्मा लाउछु देख्तिन
हो म चस्मा पिडित हु
मलाइ उचित क्षतिपूर्ति चाहिन्छ
यस्तो चस्मा कसरी लाउनु अब
एउटा अच्छा लेकिन चस्मा चाहिन्छ।
coming soon........................

Wednesday, 6 June 2018

“ Questioning Yourselves “

when you see someone
whether happy or sad he is,
you just look into his face
and try to make yours'
happy or sad like his is
thinking it's nice thing to do
that's what a human does
that's what humanity is

but, don't you think
more happy he'd have been
and less sad he'd have been
after he came to realise
you understood him well
unless you had bothererd
listening to his stories
unless you had bothered
digging out the reasons
whether or not the reason was
being gifted to the loving parents?
getting succeded on the things
impossible, others thought to do?
meeting with the someone
you always wanted to be with?
finding the crowd of well wishers
in happyness and sadness too?
and so on and on......................
everybody knows what humanity is
forget the fact only some follow
I do have some questions
always spinning in my head
that's what everybody's job is
finding the answers to these
why do we always miss to do
things that would make us nicer??
making us more understanding???
making us more human than we are????

Saturday, 26 May 2018

" राक्षस्नी बुढी "


म कति नजिक हुन खोजे
पहिले जे भयो
जस्तो भयो बिर्सिन चाहे
कति प्रेम ले बोल्न खोजे
उ भने
उ भने मेरो खाप्चो हेर्न रुचाउदैने
क्यार्न हो कुन्नी
खुब कड्केर बोल्छे
राक्षस्नी बुढी।

उबेलाको कुरा 
यो बेला ल्याउछे
उ बेला गलत सम्झिथी 
अहिले नि गलत छु भन्ठान्छे
अगाडि पर्न हुदैन
काली अध्यारी हुन्छे
पड्किन थाल्छे
कालो बादलजस्तै
यस्ती त छे उ
राक्षस्नी बुढी।

पहिले नै
दुइदुइपल्ट मुडभेड भैैैसक्या हो
आत्मसमर्पण गर्नुपर्थ्यो, गरिएन
अब फेरि शिकार हुनुुुछैन
त्यसैले अब भित्रभित्रै रिसाउछु
उस्का अगाडी बस मुुुुस्कान देखाउछु
उस्को मेरो राशी मिल्दैन था छ
मसँग मायाले बोल्ले त्यो आशा नि छैन
बरु अगाडि पर्दिन
आउदै गरेको देखे अर्कैतिर हिड्दिन्छु
गाली गर्नु छ, त्यो पनि मनमनै गर्छु
राक्षस्नी बुढी, राक्षस्नी बुढी।

Friday, 4 May 2018

" के तिम्लाई मेरो माया छैन "

ए आकाश, तिमी यति धेरै गड्याङ्गुडुङ नगर न क्या फेरि तिम्रो आवाज सुन्नेबित्तिकै वर्षौंदेखि मेरो मनमा जमेर बसेका काला मडारिएका बादलहरु पनि मौका यहि हो भन्ठानेर गड्याङ्गुडुङ गर्न थाल्लान्। के तिम्लाई मेरो अलिकति पनि माया छैन र भन्या?

" सपना देखिरहन चाहे "

हिजो मैले धेरैपछी तिमीलाई देखेँ। तिमिसँगै खाए, तिमीसँगै गाए, तिमीसँगै नाँचे, तिमीसँगै खेले, तिमीसँगै रमाए। तिमीसँग केही बेर बातचित पनि गर्न भ्याए। एकछिनपछी आँखा खुल्दा थाहा पाए कि धेरै पहिले नै तिमी यो संसार छोडेर अर्को संसारमा गैसकेका थियौ। तरपनी मैले फेरि आँखा चिम्लिए ताकी तिमीसँगै बोल्न पाउँ, तिमीसँगै रमाउन पाउँ चाहे त्यो सपनामै किन नहोस् , चाहे त्यो थप केही क्षण केही पलका लागि मात्र किन नहोस्।

" शुभकामना "

परिवारजन, आफन्तजन, मित्रजन, शत्रुजन, मलाई धेरै माया गर्नेहरू, थोरै माया गर्नेहरु, कतिपनी माया नगर्नेहरु, मेरो प्रगति देख्न चाहनेहरु, दुर्गति देख्न चाहनेहरु, मलाई प्रगतिपथमा डोहोर्याउनेहरु, मेरो खुट्टा तान्नेहरु, मभन्दा राम्रो बनेकाहरु, मजस्तै बन्न चाहनेहरु, आफुजस्तै बन्न चाहनेहरु, मसँग सत्य बोल्नेहरु, मसँग झुटो बोल्नेहरु, मसँग झगडा गर्नेहरु, झगडापश्चात मसँग बोल्दै नबोल्नेहरु, छिमेकी, टोलबासी, गाउबासी, जिल्लाबासी, अञ्चलबासी, बिकास क्षेत्रबासी, प्रदेशबासी, राष्ट्रबासी, महादेशबासी, सम्पुर्ण ब्रह्माण्डबासी र अझै पनि यहाँ उल्लेख हुन छुट्नुभएका कोही हुनुहुन्छ भने तपाईंहरुसमेत सबैमा शुभकामना ।।
जानीनजानी कसैको काम बिगारेको अथवा कसैको चित्त दुख्ने काम मबाट भएको भए सच्चा मनले माफी माग्दै मबाट पीडित तपाईंहरु, अहिलेसम्म मबाट मर्कामा नपर्नुभएका तपाईहरु र मलाई पीडित बनाउनुभएका तपाईहरुसमेत सबैको खुशीयाली तथा उत्तरउत्तर प्रगतीको लागी भगवानसँग प्राथना गर्दछु। धन्यवाद।।

" उल्टो जिन्दगी "

म हाँस्दा रुइरा हुन्छ,म रुदाँ  हाँसीरा हुन्छ जिन्दगी। हाँसो र रोदन त आइरहन्छन जीवनचक्रमा, दुखमा नआत्ती सुखमा नमात्ती भनेर सम्झाउन खोजिराहोला सायद।

" प्रकृति राज "

घरीघरी कालो बादल, मडारिदै आज माथी छ
चट्याङको आवाजसँगै, प्रकाश पनि साथी छ
पुगिसक्यो तिम्रो राज, भन्छु राजगद्दी छोडिदेउ
भन्छ भख्खर शुरु भाको, केही महिना अझै बाँकी छ

प्रकृतीसँग को सक्ने खै, कस्को कस्को तेत्रो दम छ
घमाइलो देख्ने कहिले, जहिले पानीको झमझम छ
आफ्नो दम नबढुन्जेल, लड्ने कोशिस गरे धेरैले
भागे थाहा पाई  प्रकृतिसँग, संसार जलाउने बम छ


" असली र समझदार भगवानको खोजी "

एकजना भगवान ठिङ्ग उभिराका थे मान्छेले बुझेको भगवान बस्ने घरमा। यी मेरा  दुई हात जोडी उनलाई  नमन गरे। प्रतियुत्तरमा नमन भने गरेनन् उनले। हात त उनका पहिल्यै आशिर्वादको पोजमा छ्दै थे। पीडैपीडामा पिल्सिएको म, समाधानको यात्रामा दौडिरहेको म, समाधान पाउन समस्या नबताई हुदैन यति त थाहा थ्यो। थाहा थ्यो कि आफै समस्या बुझ्ने भगवान पाउनु मरुभुमीमा पानी पाउनुजस्तै कठिन  हुन्छ। कैयौ मै भगवान हु भन्ठान्ने कठोर दीलका मानवजातीलाई समस्या बताइसकेको मलाई एकजना भगवानलाई समस्या राख्न अप्ठेरो लाग्ने कुरा नि भएन। समस्या बताए उनै मान्छेले जानेका भगवानहरुमध्यका एक भगवानलाई। तर था भएन उनी अलि मुडी भगवानमध्यका एक थिए या आफै समस्याले पिरोलिएकामध्यका एक। बोल्दै नबोल्ने उनिबाट समाधान पाउने आशा निराशामा बद्लिन थालेसगै खुरुखुरु लुरुलुरु बाटो लागे समझदार आर्कै भगवानको खोजीमा समस्याको समाधान पाउने ससाना झिनामसिना आशाहरुले भरिएका झोलाहरुको ठुलो भारी बोकी।

" #समयको_गति "

तिमी खुसी मनाउ कि समय आफ्नै गतिमा चलिरहेको छ। यदि केही गरि समय बौलाएर एक घन्टामै एक दिन बराबरको गतिले दौडिदो हो त तिम्रो याद सेकेन्डमा सिमित हुने थियो अनि देख्न पाइने थियो चाहिएजती याद गर्ने मान्छे भएन भनेर समयजस्तै तिमी पनि बौलाएको र देख्न पाइने थियो तिमीलाई छट्पटिदै रोइकराई गरेको। #तिम्रो_याद #समयको_गति

" ला! कसैले डेरा पो सर्यो कि? "

सुर्यका किरणहरुलाई बिन्ती बिसाई जुगदेखी सुतिरहेको उस्को मन जगाउने हेतुले मेरो मनलाई पनि ती सुर्यका किरणहरुसगै उस्को दिलको वोर्किङ भिसा बनाई पठाएको त कुनाकुनामा धुलो जमेको पो देखियोे। अनि त धुलोले बिरामी परेको उस्को मनलाई धेरै दिन लाएर भएपनी धुलो सफाचट हुने गरि दिलोज्यान लाएर काम गरियो र तन्दुरुस्त बनाईयो उस्को मनलाई। त्यै बसिराख्न मन भएर नि के गर्नु वोर्किङ भिसा सकिसकेपछि कानुनले बस्न दिने कुरा नि भएन, फर्किनु त पर्थ्यो नै। गाजल कहिले पनि लाउने गरिएन नत्र कसैको नि नजर नलागोस् भनेर कालो टीका लाएर फर्किइन्थ्यो। रातो टीका नै भएनी लाएर फर्किइन्थ्यो, के गर्नु टीकै नभाको दिन पर्यो त्यो दिन। अब डर पो लाइराछ, सफा उस्का मनका कोठाहरु देखेर कतै कसैले डेरा पो सर्यो कि।

" #दोषी_चस्मा "

अलिकती मेरो गल्ती भो त्यो था छ मलाई।
अलिक बेसी तिम्रो गल्ती भो त्यो पनि था छ मलाई।
तर यो दुनिया पापी हो होइन त्यो था छैन। पापी नै भएपनी नजर अलिकती लाको, धेरै लाको या लाउदै नलाको त्यो पनि था छैन। था नभाको कुरा गरी निर्दोषमाथी दोष लाउन नक्कली बौलाहा काजी थोरै हो यार म ? भूपी अंकल को घुम्ने मेचमाथीको अन्धो मान्छे नि पक्कै हैन म किनकी न मसंग घुम्ने मेच छ नत मैले चस्मा आँखा कम्जोर भएरै लाएको हो। किभने मैले धुलो छेक्न लाउने गरेको चस्मा बिपि दाजुले दोषी चस्मा कथामै उल्लेख गरेको चस्मा पर्नु परो। #पानीको_फोकाजस्तै_फुट्यो_हाम्रो_माया #भूपी_अंकल #घुम्ने_मेचमाथी_अन्धो_मान्छे #बिपि_दाजु #दोषी_चस्मा

Thursday, 3 May 2018

“ #irritating_people “

Yes, I used to encounter some irritating people in the past too, but very few and that too occasionally. Now, for the couple of weeks, I end up  being surrounded by bunch of irritating people almost always. My bad, I can’t show them all my bad temper. And to your surprise, my so called respect doesn’t allow me at all to do that to some of them. #irritating_people

Tuesday, 1 May 2018

" #3_am_call "

Sometimes when my job doesn't pay me sleep more than 1 and 1/2 hours, I feel like I must quit my job that doesn't treat me well. After I think for some time, I come to conclusion I should feel great that I got chance to sleep for a whole of 90 minutes when somebody else hasn't got to blink his or her eyes just for a minute. That's life. Do it or Do it. There is no don't do it, sometimes. #3am_call #May2 #day_after_May_day

Monday, 30 April 2018

" यौनहिंसा र यौनशोषणबिरुद्दका आवाजहरु "

म आजित छु यो संसारसँग
म आजित छु
म आजित छु प्राणीसँग
प्राण भएका मान्छेसँग
प्राण नभएका मान्छेसँग
प्राण नभएतुल्य मान्छेसँग
म आजित छु
चेत भएका मान्छेसँग
चेत नभएका मान्छेसँग
चेत नभएतुल्य मान्छेसँग
कमलाई छोडी धेरैलाई था छ
के सहि हो? गलत के हो?
गलत के गर्दा सही बन्छ
सही के गर्दा गलत बन्छ
मान्छे 
मान्छे सजिलै अरुको टिप्पणी गर्छ
कस्ले के गरिरहेको छ, के गर्नुपर्ने हो
तर उ आफु भने 
के गरिरहेको, के गर्नुपर्ने
हेक्का राख्न बिर्सिदिन्छ बेलाबेला।

साच्चै मन छियाछिया हुन्छ
जब
जब एक नाबालिकाको इज्जत लुटिन्छ
एउटा मिठाइको लोभमा
राम्रो नानाको लोभमा
केही पैसाको लोभमा।

कतै राक्षस शिक्षकको फेला पर्छन कोही
ज्ञान बाड्ने महान काम गर्ने शिक्षक
अध्यारोबाट उज्यालोमा ल्याउने महान काम
तर स्याबासीको नाममा ढाड थप्थपाउदै गर्दा
मौका छोपी छाति र गुप्ताङ्ग तिर हात पुर्याउछ्न
अनि उल्टो जीवन अन्धकारमा धकेलिदिन्छन् ।

जब परिक्षा दिन पठाएकि छोरी
अस्मिता गुमाएर फर्किन्छिन
अझ अस्मिता गुमाएकी कोही त कता हराउछिन कता
कहिले नफर्किने गरि, कहिले आँखा नखोल्ने गरि
यस्तो दुखमा रोइरहेका  परिवारको आशु सम्झिदा
यी आँखा बाट पनि पानी रोकिन मान्दैनन।

कहिले भाइरल भैदिन्छन्
रात्रीबसमा सगै बसेकी नानीका
हातहरु समातेरै स्टेरिङ सिकाउन खोज्ने
ड्राइभर दाइका भिडियोहरु
र कहिले प्रत्यक्ष प्रसारण हुन्छन्
सिट छेउमै बसेका
बसमा सगै उभिएका
र भिडमा हिड्दै गरेकाहरुको
यौन शोषण ।

म अब यस्तो संसारको कल्पना गर्दैछु
जहाँ 
जहाँ कडाभन्दा कडा सजायको  व्यबस्था होस
र थुरथुर काप्न थालुन यौनहिंसा गर्ने गराउनेहरु
काम लगाइदिने बहानामा
यौन शोषणका कामहरु कतै नहोउन
पतिपत्नीबिच पनि
जबर्जस्तीका घटना सुनिराख्न नपरोस
केही पैसाको दममा फेरि यौन हिसाका घटनाहरु
पिडक पिडित र प्रहरी मेरो साथीको बिचमा
गुपचुपमै मिलाइयो भन्ने सुन्नमा नआवोस
सन्सार लाई बदल्नुछ भने
सुरुवात आफैबाट हुनुपर्छ
आउनुस हातमा हात मिलाऔ
आउनुस काधमा काध मिलाऔ
आउनुस तपाईं हामी मिलेर 
यस्तो बाताबरण सिर्जना गरौ
राती अबेर कामबाट फर्किनेहरु
र एक्लै बसमा यात्रा गर्नेहरुसमेत 
हरपल हरक्षण सुरक्षित महसुस गरुन
यस्तो वातावरण सिर्जना गरौ कि
सानासाना बालबच्चाले समेेत नडराइ भन्न सकुन
कहिले कस्ले कहाँ कसरी र के गलत गर्यो भनेर
यौन हिंसा पिडितहरुका
दबिएका दबाइएका आवाजहरु
बम जस्तै पड्किएको हेर्नसुन्न पाइयोस  
र त्यै घटनामा टुक्राटुक्रा हुुन पिडकहरु
छियाछिया होउन सग्लो मानव नरहने गरी
टुक्राटुक्रा होउन कदापी सग्लो मानव नरहने गरी।

Wednesday, 4 April 2018

" ए आमा "

   
ए आमा

तिम्रो सन्तान म
एउटा यस्तो भविष्य को खोजीमा छु
जुन तिम्ले जहिले मनमनै सोच्यौ
तर मेरा सामु कहिले पनि भनिनौ
र भन्ने छैनेउ सायद आउने दिनहरुमा पनि।

ए आमा,
मैले नजिकबाट तिम्लाई चिनेको छु
तिम्रा खुशी कम दुख ज्यादा देखेको छु
यस्तोमा आमा तिम्रा लागी भनी
दुख कम खुशी ज्यादा भएको
यस्तो एउटा बम्पर उपहार सँगाल्दैछु।

ए आमा,
टन्न धनदौलत कमाइ दिन सकुला, नसकुला
तर सम्पुर्ण मन सन्तानलाई दिने तिम्लाई
तिम्रो बाकी समय मन नदुखाई राख्न चाहन्छु
जसरी तिम्ले बच्चाबेला मेरो ख्याल राख्न सक्यौ
आफ्नै बच्चाजस्तै गरी तिम्रो ख्याल राख्न चाहन्छु
के तिमी मलाई त्यो सौभाग्य दिन सक्छेउ, आमा?

Thursday, 29 March 2018

" कविताले खुद भनी, कविता लेख्देउ न "



कविता, तिमी खुद कविता हौ
कविताको वर्णन कविताले गर्नु जरुरी छ र?
तिम्रा मृगनयनी आँखाहरु फररर बोलिरहेका हुन्छन्
ओठहरु मीठो सुरतालले बाचन गरिरहेका हुन्छन्
सुनकेसरी केस श्रोताहरुको ध्यान खिचिरहेको हुन्छ
अनि पुक्क परेका स्याउजस्ता गालाहरु,
संगीत भर्न चल्छन्, मादलका गोटीजस्तै।

जादुमयी तिम्रा हातहरु,
चटक्क छिनेको कम्मर,
अनि सलक्क मिलेका पाउहरु
यस्तो हाउभाउले चल्न जानेका छन् कि
गीतसरी बाचन भएका कवितालाई
सजिलै मुर्तरुप दिन जानेका छन्, नृत्यजस्तै।

बिचबिचमा,
सेता हिमालजस्तै देखिने मिलेका दन्तलहरले
छुट्टै आकर्षण पैदा गर्छन्,
यस्तो आकर्षण जस्तो कि
पहिलोचोटी हिमाल र हिउँ देखेका पर्यटकलाई हुन्छ
छट्पटिरहेको बेचैन मन, त्यो पनि शान्त भैदिन्छ।

कविता, तिमी यस्ती सुन्दरताकि खानी छ्यौ
बिना श्रिङ्गार  पनि तिमी यति सुन्दर देखिन्छ्यौ
मैले तिम्रो लागि कविता नलेखिरहदा पनि
हिमाल, पहाड, फाँटहरुले
वनजंगल, जन्तुजनावर, चराचुरुङ्गीहरुले
सलल बग्ने हावाले
आकाशमा उडिहिड्ने बादलुले
झर्झर पर्ने पानीले
पोखरी, ताल, समुन्द्रले
र कलकल बग्ने नदिले
हरदम हरपल तिम्रै कविता लेखिरहेका हुन्छन् ।


" खोजी, जादुमयी डोरीको "


ऊ आफ्नो जीवनलीला समाप्त पार्न चाहन्छ। एउटा चर्चीत गीत थ्यो नि सुर्केथैली खै, हो त्यो गीतमा पटुकीमा सुर्केको जस्तै गरी एउटा डोरी सुर्क्याउने रे आफ्नो घाँटीमा। अचम्मको छ उस्को चाहना पनि। म अब उस्लाई झुन्डिनबाट बचाउन कति घरका भित्ता फोर्न सकुला? कति सिलिङको पंखा झार्न सकुला? कति रुख ढाल्न सकुला? कति खम्बा उखेल्न सकुला? एउटा अचम्मको कुरा ऊ केही कुरा नि लुकाउदैन मसँग। ऊ आँशु खस्नेगरी हासेको पनि देखेका छन्  यी आखाले र देखेका छन् तिमाल्नै नसकिनेगरी डाको छोडीछोडी रोएको पनि। यो उस्को मप्रतिको माया हो, पिरीम हो या अरु नै केही यो उसैले जानोस् कि त जानोस् यो सृष्टि चलाउनेले। अब मसँग अरु कुनै बिकल्प बाकी देख्दिन उस्को निर्णय बदल्ने किनकी उस्लाई सम्झाईबुझाई जीवनको यथार्थमा घन्टौ भाषण छाड्नेदेखी लिएर तुरुन्तै मुड चेन्ज गर्ने कैलाश चियाको सेवन सम्म केही कसर बाकी राखिएन। आज डोरी खोज्न जाँदैछु बजारबजारमा उस्को लागि, घाटी सुर्क्याउने उस्को इछ्यापुर्तीको लागि, त्यो काम नि मैले गर्दिनुपर्ने हेर्नुस् त उस्को माया। मलाई एउटा मात्र कुराको ध्यान छ कि यस्तो डोरी भेट्टाउन सकुँ जस्ले उस्को तौल थाम्न नसकोस्, बजार्‍योस् बजिया भुइँमा नमज्जाले बरु र मुड चेन्ज भैदियोस उस्को। हेरौँ कतै पाई पो हाल्छ कि त्यो जादुमयी डोरी।

Wednesday, 28 February 2018

तिम्लाई प्रिया गजल कोरे, यस्तो मीठो गल्ती गरेछु
सबसे आगे तिमी भन्थ्यौ त, कताकता पछाडी परेछु।।

लडाइँ त साधारण थियो, आँखा आखाबिचको लडाइ
क्या सोचे पलभरमै आत्माले , आत्मसमर्पण पो गरेछु।

अल्टिच्युट सिकनेस भयो, मायाको हिमालमा मलाई
शिखर नगिच पुगेको म, स्वाट्टै बेस क्याम्प पो झरेछु।

सगै बस्ने कसम खाइयो, जुनीजुनी सातै जुनीलाई
तिमी अन्तै डेरा सर्याबेला, तिम्रो घरमा डेरा सरेछु।

हिजो रमाउदै सगसगै, त्रीशुलीमा रयाफ्टिङ गइयो
तिम्ले मेची तर्दैगर्दा आज , म भने महाकाली तरेछु।

कुरा काट्दथे देख्नेजति, कदम मिलाई हिड्यादेख्दा
थाहै पाइन बोइङ चढ्यौ, म भने ट्विन अटर चढेछु।

# डा. भीमकान्त




Thursday, 25 January 2018

" परिस्थितिले जुराइदेको एउटा यस्तो म्याराथन "


एउटा मरन्च्यासे आइमाई
उस्तै मरन्च्यासे काखे बालक बोकेर
हरेक सामान रु १० मा को नारा घन्काउदैछे
ठुल्ठुलो स्वरमा, झन ठूलो स्वरमा
उस्कै सामुन्नेबाट
कति केटाकेटी, कति जवान, कति उस्कै उमेरका
फेसनका नाममा
च्यातेका कपडा पहिरी निर्लज्ज हिडेका छन्
डुब्न लागेको सुर्यको मधुरो प्रकाशजस्तै
ढल्केको जवानी खोल ओढेकी उ भने
च्यात्तिएको लुगाबाट लाज नपोखियोस भनी
टालटुल सियोधागो गरेर लगाएकी छे
अझै उस्ले नदेखेेेेका देखीदेखी टाल्न नभ्याएका
कति अरु तेस्ता ठाउहरु ज्युका त्यु छन
र पनि
र पनि अझै उस्मा लाज हराएको छैन
किनकी लाज खुद लजाउछ 
च्यात्तिएको ठाउबाट चियाएर हेर्न
लाज खुद डराउछ 
लाज चाडै टालिन्छ भन्ने विश्वास तोड्न

हरेक सामान रु १० मा
हरेक सामान रु १० मा
घाँटी सुक्ने गरी चिच्याउदैछे
धुलाम्मे सडक छेउको धुलाम्मे फुटपाथमा
देख्छे नजिकैको अर्को व्यापारीसग
अचम्मको मेसिन पो रैछ
उजस्तै गरी
घोक्रो च्यातिने गरि
त्यो व्यापारी मान्छे चिच्याउदैन
बरु चिच्याउछ त त्यै मेसिन
हरेक सामान रु २० मा भन्दै
ठूलो सानो बनाउन कान निमोठे पुग्ने
अचम्मको त्यो मेसिनलाई
एक टकले हेरिरहन्छे
टोलाइरहन्छे उत्सुकताले
कहिले नदेखेको
हुन्छ नि बहुमुल्य चिज देखेजस्तो
उ एक्छिन अघि कन्ठस्थ नारा बिर्सन्छे
त्यै क्या त
हरेक सामान रु १० मा को नारा
टोलाइरहन्छे बस टोलाइरहन्छे
सायद कल्पनामै सही
त्यो आफै चिच्याउने मेसिन किन्ने सोच्दैछे
उस्ले कमाएको पैसाले  दुई छाक टारी बचेको पैसाले
त्यो बालकलाई नाना किनिओरी बचेको पैसाले
जड्याहा बुढाले उस्को कमाइ लुट्दा छुटेको पैसाले
कल्पनामै सहि
कल्पनामै सहि बस केही पल बस केही क्षण
हरेक सामान रु १० को चिच्याहटलाई आराम दिदैछे

उस्को कल्पनामा बाधा पुग्छ
एक्कासिको होहल्ला, दौडादौडको आवाजले
र झल्यास्स होसमा आउछे उ
देख्छे त्यो मेसिन समेत
मेसिनवाला त निकै टाढा पुगिसकेछ
फेरि देख्छे महानगरको गाडी
देख्छे सामान उठाउदै फ्याल्दै गरेका
महानगरका कर्मचारीहरु
बिचरी एक्छिन दोधारिन्छे
के गरु के नगरु
सनोतिनो युद्द नै हुन्छ के गर्ने के नगर्नेबिच
यसो हेर्छे
साथमा एउटा लुरे बालक
र बेच्न राखेको तेत्रो सामान
खै के सोच्छे कुन्नी
एक हातले सामान समाउछे
अर्को हातले त्यै लुरेलाई समाउछे
अनि दौडिन्छे एकतमासले
बेलाबेला फर्कीफर्की हेर्छे पनि
कतिको दौडिदैछन अरु व्यापारीहरू
कतिको दौडिदैछन कर्मचारीहरु
फेरी दौडिन्छे एकतमासले
यस्तो लाग्छ
यस्तो लाग्छ कसैलाई उछिन्न दिने सोचमा छैन उ आज
यो गरिबीले जुराइदेको म्याराथनमा
यो परिस्थितिले जुराइदेको म्याराथनमा