कि
टाउकोलाई उ दुख्यो
बस् सुन्नमा आएको हो
न मैले देखे
न अरु कसैले देख्यो।
यत्रो भार थेग्याछ टाउकोले
तर कहिले सोधेन उस्ले
ए टाउको, मेरो प्यारो साथी
लङ्गोटिया यार टाउके
तलाई केही गाह्रो त छैन है?
अहँ मरिजाउ सोध्या भए
बस् दिनदिनै दनदन हुने गरि
टाउको चलाइदेको छ
दिनको विपनामा त छोडिएन छोडिएन
रातमा चैन दिए हुन्थेन
उट्पट्याङ उट्पट्याङ सपना देख्या छ
अध्यारोमै दिमागको बत्ती जलाइदेको छ
कहिलेकाही त टाउकोलाई नि झोक चल्दो हो
यो मुन्छेलाई भित्तैभित्तामा ठोक्दिम क्यारे।
उस्लाई टाउको दुख्यो
कि
टाउकोलाई उ दुख्यो
बस् सुन्नमा आएको हो
न मैले देखे
न अरु कसैले देख्यो।

No comments:
Post a Comment