Sunday, 11 December 2016

" माया माया माया "

भो, तिम्रो माया अलि धेरै भएन र? अलिकती कम गर्दिदा हुन्थ्यो कि? धेरै माया कहिल्यै पाइएन, धेरै माया कहिल्यै खोज्दा नि खोजिएन। यो पहिले कहिल्यै नपाएको माया, यो पहिले कहिल्यै नखोजेको माया, पचाउ म कसोरी? तिम्रो यस्तो माया पचाउन त्यो हजमोला ले को त हो नि तर खै खाना त नपचाउने त्यो हाजमोला के पचाउथ्यो यतीका माया।

माया माया माया। अचम्मको छ यो माया। नहुदा नि हैरान हुने, हुदा नि हैरान नै हुने। यी दुईमा फरक अवश्य होला तर हैरानी, हैरानी त हैरानी नै हो नि हैन?

Friday, 9 December 2016

" आजकल मुटु काप्छ म बस्ने क्याटमान्डुमा "

आजकल मुटु काप्छ
म बस्ने क्याटमान्डुमा
हो, जाडो असाध्यै बढ्याछ
म बस्ने क्याटमान्डुमा।।

म पनि त तिमीजस्तै हु के र
मलाई नि तिम्लाई जस्तै पर्छ
बारम्बार सम्झाउथे नि म, हैन
सुन्यौ भएन त तिम्ले भने जस्तो
छेकेन त आखिर चिसो बतास
सायद तिम्ले सोचेको
तिम्रो सुन्दर मनले बनाइदेको
डाडारुपी बलियो पर्खाल
त्यो अलि बेग्लै थ्यो कि
त्यो अलि अग्लै थ्यो कि।

एकाबिहानै सिरेटो चल्छ
बाक्लो लुगाले पार लाउदैन
साझपख त नकुरा गर झन
ओढ्ने खप्याउदा नि सकिदैन
खै कुन कुनाबाट चिसो छिर्छ
खै किन यति माया गर्छिन प्रकृति
दिउँसोको घाम त्यति घमाइलो छैन
आजकल, केही दिन भो
खै त्यति रमाइलो पनि छैन।

साच्चै आजकल मुटु काप्छ
म बस्ने क्याटमान्डुमा
हो, जाडो असाध्यै बढ्याछ
म बस्ने क्याटमान्डुमा ।।

Wednesday, 2 November 2016

" उस्को आत्मा "

आजै र राती सपनीमा
एकजना चिनेको मान्छे देखे
कहि कतै हराएको मान्छे देखे
पछि कसैले सम्झायो मलाई
ऊ ऊ हैन रैछ मैले सोचेको ऊ
उजस्तै देखिने अरु नै कोही रैछ
ऊ नमजाले मसग रिसाको मान्छे
म उसग नमजाले रिसाको मान्छे
सम्भबै थेन नि त हाम्रो भेट पनि
मनले के मान्थ्यो, मन मुला मन नै हो
लुकीलुकी उजस्तै उसलाई हेरिरहे
सायद भारी हुने यो छातीको देब्रे पाटोमा
अझै कतै मायाको टुक्रो बाकी हुदो हो।

पहिले ऊ औधी माया गर्थ्यो मलाई
पछि माया देखाउनै जानेन उस्ले
अलि मूर्ख जस्तै के, म पनि तेस्तै बने
जस्तालाई तेस्तै ढिडोलाई निस्तै
उबाट पहिलेजस्तै माया खोज्थे म
उपनि मबाट तेस्तै खोज्थ्यो कि कतै
थाहै पाइएन, कठैबरी पत्तै लाइएन
रिसको आगोमा माया खरानी भैसकेछ
अफसोच, अफसोच,
जलिसकेको खरानी गङगा सेलाउनुपर्ने
त्यो पनि त गरिएन रिसैरिसको बिषमा
सायद त्यसैले तर्साउछ उस्को आत्माले
यस्तै भीडहरुमा त्यस्तै एकान्तहरुमा।



Tuesday, 1 November 2016

" हाई हाई निद्रा "

हो म ओछ्यानमा पल्टिन्छु
अनि एकछिनमा आँखा चिम्लन्छु
आँखा चिम्लिरहेकै हुन्छु
बस पल्टिरहेकै मात्र हुन्छु
थकानले लखतरान हुदा पनि
थकानको थ नहुदा झन के हुनु
जे जस्तो जुनसुकै अवस्थामा पनि
आँखा चिम्लिरहेको नाटक मात्र
पल्टिरहेको नाटक पात्र मात्र
हो निद्राको ठुलो भोक छ मलाई
सायद कुनै ठुलो शोक छ मलाई
हाई निद्रा
हाई निद्रा
हाई हाई निद्रा।।

धेरै समय बितिसकेको छ
यस्तो नाटक गर्दै आएको
जीवनको यत्रो कालखण्ड
यसैमा हो ब्यतित गरेको
हो म पोख्त नाटककार भैसके
नाटक निर्देशनको काम देओस
त्यो नि मजाले गरिन्छ अब
मलाई सोध निद्रा के थियो के थिएन
मलाई सोध निद्रा के हो के होइन
हो निद्राको ठुलै भोक छ मलाई
सायद कुनै ठुलै शोक छ मलाई
हाई निद्रा
हाई निद्रा
हाई हाई निद्रा।।

Wednesday, 26 October 2016

" जब मैले मलाई देखे "

थर्थर कापे
झाक्री के काप्थ्यो त्यस्तो कापे
आङ जिरिङ्ग भयो
रौ ठाडा ठाडा भए
जब मभित्रको म देखे
बुझ्न सकेको म
बुझ्न नसकेको म
दुबैलाई देखे
झल्झली देखे
यी आखैअगाडी देखे।

कैले देख्याथेन
सगै यी दुईलाई
मिल्थेनन के मोराहरु
खै आज के भो
के चमत्कार भो
परमशत्रु सगै हुनु
अझ काधमा काध हुनु
हो रैछ बा हो रैछ
सुर्य पश्चिम बाट उदाउने
बगेको खोला पनि फर्कने।

पहिलेपहिले त
एउटाको खुसीमा अर्को दुखी
एउटाको दुखमा अर्को खुसी
अहिले देखेको त
अचम्मै छ बा
साथसाथै छन दुबै
हसिलो बनेछन दुबै
यी दुईलाई तेस्तो देखी
तटस्थ म पनि त्यतै गए
हो म पनि खुसी भए।।

Saturday, 15 October 2016

" खै मिल्नुको विकल्प "

हेर त बोतलको पानी
छल्छल छल्किन्छ
फेरि शान्त हुन्छ
केही थोपाहरु छुट्टिन्छ्न
फेरि मिल्छन त आखिर
त्यै एकछिन अघिकै बोतलभित्रै।

पोखीएर बाहिर पुगेकाहरु पनि
बाफ हुन्छन
अनि बादलसग मिसिन्छन
एउटै भाडाबाट छुट्टिएका
र भिन्न ठाउँमा खसेकाहरु पनि
तेस्तै गर्छन आखिर
बाफ बन्छन अनि उड्छन
बादलसगै मिसिन्छन
अनि हावासगै बहन्छ्न
र कतै पहाडमा ठोक्किन्छ्न
र त पानी पर्छ
था छ होला नि
पठ्यासुन्या छ होला नि।

कोही त्यै बेला मिसिन्छ्न
कोहि नदि बन्दा मिसिन्छन
कोहि ताल बन्दा मिसिन्छन
कोही नदी ताल बाट उड्छ्न फेरि
बोतलबाट पोखिएका थोपाजस्तै
यति सम्म नमिलेका हरु पनि
आखिर मिल्छन त
त्यै ठुलोभन्दा ठूलो
गहिरोभन्दा गहिरो
महासागरमा आखिर
खै मिल्नुको विकल्प
केही देख्तिन म त
कुन्नी के पो देख्छौ तिमी।

Monday, 26 September 2016

" सेतो कोइली "

आज मैले एउटा कोइली देखे
सेतो, निख्खर सेतो
सेतो हिमाल देख्या छ नि
हो बिल्कुल, बिल्कुल तेस्तै
सफा, चिटिक्क, सुन्दर
सगरमाथाको देशमा
ए हैन हैन
सगरमाथा हाम्रो भन्ने देश छ नि
हो, त्यै देशको छिमेकी देशमा
गौतम बुद्दको देशमा
ए हैन हैन
बुद्द हाम्रोमा जन्मेको भन्ने देश छ नि
हो, त्यै देशको छिमेकी देशमा...............
coming soon.............................. :-) :-)