Thursday, 3 May 2018

“ #irritating_people “

Yes, I used to encounter some irritating people in the past too, but very few and that too occasionally. Now, for the couple of weeks, I end up  being surrounded by bunch of irritating people almost always. My bad, I can’t show them all my bad temper. And to your surprise, my so called respect doesn’t allow me at all to do that to some of them. #irritating_people

Tuesday, 1 May 2018

" #3_am_call "

Sometimes when my job doesn't pay me sleep more than 1 and 1/2 hours, I feel like I must quit my job that doesn't treat me well. After I think for some time, I come to conclusion I should feel great that I got chance to sleep for a whole of 90 minutes when somebody else hasn't got to blink his or her eyes just for a minute. That's life. Do it or Do it. There is no don't do it, sometimes. #3am_call #May2 #day_after_May_day

Monday, 30 April 2018

" यौनहिंसा र यौनशोषणबिरुद्दका आवाजहरु "

म आजित छु यो संसारसँग
म आजित छु
म आजित छु प्राणीसँग
प्राण भएका मान्छेसँग
प्राण नभएका मान्छेसँग
प्राण नभएतुल्य मान्छेसँग
म आजित छु
चेत भएका मान्छेसँग
चेत नभएका मान्छेसँग
चेत नभएतुल्य मान्छेसँग
कमलाई छोडी धेरैलाई था छ
के सहि हो? गलत के हो?
गलत के गर्दा सही बन्छ
सही के गर्दा गलत बन्छ
मान्छे 
मान्छे सजिलै अरुको टिप्पणी गर्छ
कस्ले के गरिरहेको छ, के गर्नुपर्ने हो
तर उ आफु भने 
के गरिरहेको, के गर्नुपर्ने
हेक्का राख्न बिर्सिदिन्छ बेलाबेला।

साच्चै मन छियाछिया हुन्छ
जब
जब एक नाबालिकाको इज्जत लुटिन्छ
एउटा मिठाइको लोभमा
राम्रो नानाको लोभमा
केही पैसाको लोभमा।

कतै राक्षस शिक्षकको फेला पर्छन कोही
ज्ञान बाड्ने महान काम गर्ने शिक्षक
अध्यारोबाट उज्यालोमा ल्याउने महान काम
तर स्याबासीको नाममा ढाड थप्थपाउदै गर्दा
मौका छोपी छाति र गुप्ताङ्ग तिर हात पुर्याउछ्न
अनि उल्टो जीवन अन्धकारमा धकेलिदिन्छन् ।

जब परिक्षा दिन पठाएकि छोरी
अस्मिता गुमाएर फर्किन्छिन
अझ अस्मिता गुमाएकी कोही त कता हराउछिन कता
कहिले नफर्किने गरि, कहिले आँखा नखोल्ने गरि
यस्तो दुखमा रोइरहेका  परिवारको आशु सम्झिदा
यी आँखा बाट पनि पानी रोकिन मान्दैनन।

कहिले भाइरल भैदिन्छन्
रात्रीबसमा सगै बसेकी नानीका
हातहरु समातेरै स्टेरिङ सिकाउन खोज्ने
ड्राइभर दाइका भिडियोहरु
र कहिले प्रत्यक्ष प्रसारण हुन्छन्
सिट छेउमै बसेका
बसमा सगै उभिएका
र भिडमा हिड्दै गरेकाहरुको
यौन शोषण ।

म अब यस्तो संसारको कल्पना गर्दैछु
जहाँ 
जहाँ कडाभन्दा कडा सजायको  व्यबस्था होस
र थुरथुर काप्न थालुन यौनहिंसा गर्ने गराउनेहरु
काम लगाइदिने बहानामा
यौन शोषणका कामहरु कतै नहोउन
पतिपत्नीबिच पनि
जबर्जस्तीका घटना सुनिराख्न नपरोस
केही पैसाको दममा फेरि यौन हिसाका घटनाहरु
पिडक पिडित र प्रहरी मेरो साथीको बिचमा
गुपचुपमै मिलाइयो भन्ने सुन्नमा नआवोस
सन्सार लाई बदल्नुछ भने
सुरुवात आफैबाट हुनुपर्छ
आउनुस हातमा हात मिलाऔ
आउनुस काधमा काध मिलाऔ
आउनुस तपाईं हामी मिलेर 
यस्तो बाताबरण सिर्जना गरौ
राती अबेर कामबाट फर्किनेहरु
र एक्लै बसमा यात्रा गर्नेहरुसमेत 
हरपल हरक्षण सुरक्षित महसुस गरुन
यस्तो वातावरण सिर्जना गरौ कि
सानासाना बालबच्चाले समेेत नडराइ भन्न सकुन
कहिले कस्ले कहाँ कसरी र के गलत गर्यो भनेर
यौन हिंसा पिडितहरुका
दबिएका दबाइएका आवाजहरु
बम जस्तै पड्किएको हेर्नसुन्न पाइयोस  
र त्यै घटनामा टुक्राटुक्रा हुुन पिडकहरु
छियाछिया होउन सग्लो मानव नरहने गरी
टुक्राटुक्रा होउन कदापी सग्लो मानव नरहने गरी।

Wednesday, 4 April 2018

" ए आमा "

   
ए आमा

तिम्रो सन्तान म
एउटा यस्तो भविष्य को खोजीमा छु
जुन तिम्ले जहिले मनमनै सोच्यौ
तर मेरा सामु कहिले पनि भनिनौ
र भन्ने छैनेउ सायद आउने दिनहरुमा पनि।

ए आमा,
मैले नजिकबाट तिम्लाई चिनेको छु
तिम्रा खुशी कम दुख ज्यादा देखेको छु
यस्तोमा आमा तिम्रा लागी भनी
दुख कम खुशी ज्यादा भएको
यस्तो एउटा बम्पर उपहार सँगाल्दैछु।

ए आमा,
टन्न धनदौलत कमाइ दिन सकुला, नसकुला
तर सम्पुर्ण मन सन्तानलाई दिने तिम्लाई
तिम्रो बाकी समय मन नदुखाई राख्न चाहन्छु
जसरी तिम्ले बच्चाबेला मेरो ख्याल राख्न सक्यौ
आफ्नै बच्चाजस्तै गरी तिम्रो ख्याल राख्न चाहन्छु
के तिमी मलाई त्यो सौभाग्य दिन सक्छेउ, आमा?

Thursday, 29 March 2018

" कविताले खुद भनी, कविता लेख्देउ न "



कविता, तिमी खुद कविता हौ
कविताको वर्णन कविताले गर्नु जरुरी छ र?
तिम्रा मृगनयनी आँखाहरु फररर बोलिरहेका हुन्छन्
ओठहरु मीठो सुरतालले बाचन गरिरहेका हुन्छन्
सुनकेसरी केस श्रोताहरुको ध्यान खिचिरहेको हुन्छ
अनि पुक्क परेका स्याउजस्ता गालाहरु,
संगीत भर्न चल्छन्, मादलका गोटीजस्तै।

जादुमयी तिम्रा हातहरु,
चटक्क छिनेको कम्मर,
अनि सलक्क मिलेका पाउहरु
यस्तो हाउभाउले चल्न जानेका छन् कि
गीतसरी बाचन भएका कवितालाई
सजिलै मुर्तरुप दिन जानेका छन्, नृत्यजस्तै।

बिचबिचमा,
सेता हिमालजस्तै देखिने मिलेका दन्तलहरले
छुट्टै आकर्षण पैदा गर्छन्,
यस्तो आकर्षण जस्तो कि
पहिलोचोटी हिमाल र हिउँ देखेका पर्यटकलाई हुन्छ
छट्पटिरहेको बेचैन मन, त्यो पनि शान्त भैदिन्छ।

कविता, तिमी यस्ती सुन्दरताकि खानी छ्यौ
बिना श्रिङ्गार  पनि तिमी यति सुन्दर देखिन्छ्यौ
मैले तिम्रो लागि कविता नलेखिरहदा पनि
हिमाल, पहाड, फाँटहरुले
वनजंगल, जन्तुजनावर, चराचुरुङ्गीहरुले
सलल बग्ने हावाले
आकाशमा उडिहिड्ने बादलुले
झर्झर पर्ने पानीले
पोखरी, ताल, समुन्द्रले
र कलकल बग्ने नदिले
हरदम हरपल तिम्रै कविता लेखिरहेका हुन्छन् ।


" खोजी, जादुमयी डोरीको "


ऊ आफ्नो जीवनलीला समाप्त पार्न चाहन्छ। एउटा चर्चीत गीत थ्यो नि सुर्केथैली खै, हो त्यो गीतमा पटुकीमा सुर्केको जस्तै गरी एउटा डोरी सुर्क्याउने रे आफ्नो घाँटीमा। अचम्मको छ उस्को चाहना पनि। म अब उस्लाई झुन्डिनबाट बचाउन कति घरका भित्ता फोर्न सकुला? कति सिलिङको पंखा झार्न सकुला? कति रुख ढाल्न सकुला? कति खम्बा उखेल्न सकुला? एउटा अचम्मको कुरा ऊ केही कुरा नि लुकाउदैन मसँग। ऊ आँशु खस्नेगरी हासेको पनि देखेका छन्  यी आखाले र देखेका छन् तिमाल्नै नसकिनेगरी डाको छोडीछोडी रोएको पनि। यो उस्को मप्रतिको माया हो, पिरीम हो या अरु नै केही यो उसैले जानोस् कि त जानोस् यो सृष्टि चलाउनेले। अब मसँग अरु कुनै बिकल्प बाकी देख्दिन उस्को निर्णय बदल्ने किनकी उस्लाई सम्झाईबुझाई जीवनको यथार्थमा घन्टौ भाषण छाड्नेदेखी लिएर तुरुन्तै मुड चेन्ज गर्ने कैलाश चियाको सेवन सम्म केही कसर बाकी राखिएन। आज डोरी खोज्न जाँदैछु बजारबजारमा उस्को लागि, घाटी सुर्क्याउने उस्को इछ्यापुर्तीको लागि, त्यो काम नि मैले गर्दिनुपर्ने हेर्नुस् त उस्को माया। मलाई एउटा मात्र कुराको ध्यान छ कि यस्तो डोरी भेट्टाउन सकुँ जस्ले उस्को तौल थाम्न नसकोस्, बजार्‍योस् बजिया भुइँमा नमज्जाले बरु र मुड चेन्ज भैदियोस उस्को। हेरौँ कतै पाई पो हाल्छ कि त्यो जादुमयी डोरी।

Wednesday, 28 February 2018

तिम्लाई प्रिया गजल कोरे, यस्तो मीठो गल्ती गरेछु
सबसे आगे तिमी भन्थ्यौ त, कताकता पछाडी परेछु।।

लडाइँ त साधारण थियो, आँखा आखाबिचको लडाइ
क्या सोचे पलभरमै आत्माले , आत्मसमर्पण पो गरेछु।

अल्टिच्युट सिकनेस भयो, मायाको हिमालमा मलाई
शिखर नगिच पुगेको म, स्वाट्टै बेस क्याम्प पो झरेछु।

सगै बस्ने कसम खाइयो, जुनीजुनी सातै जुनीलाई
तिमी अन्तै डेरा सर्याबेला, तिम्रो घरमा डेरा सरेछु।

हिजो रमाउदै सगसगै, त्रीशुलीमा रयाफ्टिङ गइयो
तिम्ले मेची तर्दैगर्दा आज , म भने महाकाली तरेछु।

कुरा काट्दथे देख्नेजति, कदम मिलाई हिड्यादेख्दा
थाहै पाइन बोइङ चढ्यौ, म भने ट्विन अटर चढेछु।

# डा. भीमकान्त