खै के झोंक चल्यो आखिर
खै के कुरा सम्झ्यो आखिर
अध्यारिन थाल्यो, आकाश उज्याँलै थ्यो
उस्माथी मात्रै किन बादल छायो
आँखा टिलपिल गर्न थाल्यो
छाती पिरो हुन थाल्यो श्वास अब रोकिएलाझै भो
आँखाको मुल फुट्नै के लागे थ्यो
वरीपरी देख्यो जमात मान्छेको
तुफान कुदो अनि आफ्नो कोठातीर
चुकुल लगायो , लाग्यो लागेन एकफेर चेक धरी गर्न भ्यायो
अब त के चाहियो र उस्लाई
त्यस राज्यको राजा उहि हो
बत्ती पनि नबालि पल्ट्यो ओछ्यानमाथी
अनि चिच्यायो बेसरी , पड्कायो ज्वालामुखी
गर्जायो छानीछानी कालो बादल मनको
अनि आँखाबाट बर्सायो नुनिलो मुसलधारे पानी
कहिलेदेखिन् पो हो अमिलो भैबसेको कुण्ठाको
हुन्छ कसरी यति बिघ्न परिवर्तण
बुझ्नै साह्रो गाह्रो छ हौ आखिर
मन मुला मनै त हो ।
दुखी देखिराथ्यो धेरै दिन देखिन्
खै के हावा चल्यो आखिर
खै कुन हावाले छोयो आखिर
खै कहि कतैबाट कैलाश चियाको चुस्की भेटायो कि
वा कैलाश पर्वत बाटै सिधै उसैलाई खोज्दै हावा आइपुगो
एक्कासि खुसी पो देखिन थाल्छ बा
बगैंचामा जान थाल्यो हेर हेर
फुलहरु सँग गाउन थाल्यो, फुलहरुसँगै नाच्न थालाे
खै के रुप धारण गर्यो यस्ले आज
उर्वसीले मोहनी मन्त्र पो फुकिन् कि
वा उस्को राजधानी अमरावति भैगो अनि उ स्वर्गको राजा
वा कुबेरको खजाना भेटिगो अनि उ अलकापुरीको राजा
हुन्छ कसरी यति बिघ्न परिवर्तण
बुझ्नै साह्रो गाह्रो छ हौ आखिर
मन मुला मनै त हो ।
No comments:
Post a Comment