क्यामेराको फ्ल्यासले आँखा झिम्केको
हो झिम्किन्छ, झिम्किदो हो
क्यामेरामा पनि लेन्स हुन्छ
मेरो आखामा पनि लेन्स छ
तर कथा मेरो हो न कि क्यामेराको
डर लाग्छ जसै झिम्किने कोसिस गर्छन
यी लेन्सजडित आँखाहरु
निद्रा लागेको संकेत दिदै
आँखा खुला हुन्जेल नदेखिने उ
बन्द हुनेबित्तिकै टुप्लुक्क आइपुग्छे
नजिकै आउछे, ठट्टा गर्छे
विपनीमा मैले बोलाउदा ठुस्किने उ
आफै मलाई मनाउन पो थाल्छे बा
अझै ठुस्किरा देखी मलाई
सोध्छे चुट्किला सुनाउँ त एउटा
हाँस्न बाध्य पार्छे पार्छे
बिपनामा यो बिपना हो थाहा हुन्छ
सपनामा यो सपना हो कसरी थाहा पाउने?
सपनामात्रको खुसीले चल्छ यो संसार?
ब्यर्थको खुसीको नि महत्व हुन्छ र?
बरु आँखा खुला हुँदाकै बास्तबिकता
सच्चा बास्तबिकताको सच्चा रुप
भो निदाउँदिन आज म ।।
हो झिम्किन्छ, झिम्किदो हो
क्यामेरामा पनि लेन्स हुन्छ
मेरो आखामा पनि लेन्स छ
तर कथा मेरो हो न कि क्यामेराको
डर लाग्छ जसै झिम्किने कोसिस गर्छन
यी लेन्सजडित आँखाहरु
निद्रा लागेको संकेत दिदै
आँखा खुला हुन्जेल नदेखिने उ
बन्द हुनेबित्तिकै टुप्लुक्क आइपुग्छे
नजिकै आउछे, ठट्टा गर्छे
विपनीमा मैले बोलाउदा ठुस्किने उ
आफै मलाई मनाउन पो थाल्छे बा
अझै ठुस्किरा देखी मलाई
सोध्छे चुट्किला सुनाउँ त एउटा
हाँस्न बाध्य पार्छे पार्छे
बिपनामा यो बिपना हो थाहा हुन्छ
सपनामा यो सपना हो कसरी थाहा पाउने?
सपनामात्रको खुसीले चल्छ यो संसार?
ब्यर्थको खुसीको नि महत्व हुन्छ र?
बरु आँखा खुला हुँदाकै बास्तबिकता
सच्चा बास्तबिकताको सच्चा रुप
भो निदाउँदिन आज म ।।
No comments:
Post a Comment