थरीथरीका मान्छेले भरिएको छ यो संसार। कोहि बाटो बिराएर रेल-मार्गमा पुगेको कुकुर या अन्य जनावरलाई बचाउन आफ्नो ज्यानको बाजी थाप्न पछि पर्दैनन्, कोहि त्यही रेल-मार्गमा लम्पसार परेर स्वर्गे हुन चाहन्छ्न्, तिमध्ये कोहि अस्पतालमा पुग्छन् उपचारका लागि, अरु पनि कोहि अस्पताल पुग्छन् तर उपचार हैन पोस्टमार्टमका लागि, कोहि सिधैं अन्तिम संस्कारका लागि पुग्छन्, कोहि अब गल्ती नदोहोर्याउने बाचा गर्छन्, कोहि बाचा पूरा पनि गर्छन, कोहि फेरि लाग्छ्न रेलको बाटो कुर्दै रेल चढेर हैन रेल-मार्गमै लम्पसार परेर स्वर्ग पुग्ने सोचाइका साथ, कोहि रुख या अरु केहि चढ्छन् गन्तब्य गाईवस्तुलाई घाँसपात या गाउँदेखी सहर हुदैन, कोहि अरु नै केही उपाय अपनाउछन् एक हप्ते बेलायत भ्रमण गरेजस्तो स्वर्ग भ्रमण गर्न, तिमध्ये कोहि धेरै पहिलेदेखी गल्ती नदोहोर्याउने बाचा गरेका हुन्छन्, कोहि भर्खर भर्खर गल्ती नदोहोर्याउने बाचा गरेका हुन्छन् या त त्यही समुहमा थपिन आएका नयाँ कोहि, कोहि अरुलाई आफै वा अरुको सहयोगले रेल-मार्गमा धकेल्न चाहन्छन्, कोहि धकेल्न सफल नि हुन्छन्, कोहि अन्धो कानुनको फेला पर्छन्, कोहि अन्धो कानुनको अन्धोपनाको फाइदा उठाई खुलेआम घुम्छन, कोहि डरले लुकेर बस्छन्, कोहि निडरहरु फेरि लाग्छन् अर्को शिकारको खोजीमा, कोहि आफ्नै आखाले देख्छन् यी सब कुरा, कोहि रेडियो, टिभि, पत्रपत्रिकाबाट थाहा पाउँछन्, कोहि थाहा नै पाउदैनन् कसरी थाहा पाउने, कोहि थाहा पाउनुपर्छ थाहा पाएर पनि सूचनाको अधिकारबाट वञ्चित गराइएका हुन्छन्, कोहि त्यस्ता घटना देखिसुनी केहिबेर दुखी हुन्छन अनि आफ्नो काम सुचारु गर्छन्, कोहि धेरैबेर दुखी हुन्छन्, कोहि जीवनभर दुखी हुन्छ्न्, कोहि दुखी नै हुदैनन्। अचम्मको छ यो संसार, अचम्मका छ्न् यहाँका मानिसहरु।।
No comments:
Post a Comment