उस्को लेन्स बाट निस्किएको प्रकाश
नगिचै को रित्तो भित्तोमा ठोकिन्छ
र पुनः लेन्समै ठोक्किन आइपुग्छ
क्यामेराको लेन्सको कुरा हैन,
संसार नियाल्ने आँखाको लेन्सको कुरा।
उज्याँलो दिनमा पनि,
अँध्यारो देख्छ ऊ भित्तालाई
भित्ता आफ्नै समस्यामा होला
समस्यामा म पनि यस्तै थिए सायद,
झल्झली नाँच्न थाल्छ्न् बिगतहरु
तिनै लेन्स जडीत आँखाहरुमा।
सोच्छ, रङ्गाइदिन्छु यो भित्तोलाई
रङ्गीन मौसममा त खुसी थेँ नि म पनि
उधुम मच्चायो कोठामा खोजी कार्यको
भेट्टायो त केवल एक जीर्ण बुरुस
घोट्न थाल्यो त्यै रित्तो भित्तोमा
पहिल्यै खुइलिएको बुरुस त्यो
बचेकुचेका गिँजा पनि फाटने गरि
बनायो एक सुन्दर पेन्टिङ,
रङ्गाइदियो अँध्यारो भित्ताको छाती।
खोइ! अझै अँध्यारो छ त ऊ,
ढुङ्गा ढुङ्गाको घर्षनले आगो बलेजस्तै सोचेछ, बुरुस र भित्ता काफी छ पेन्टिङलाई
भुलेछ उस्ले रंग नि चाहिन्छ चित्र बनाउन
अँध्यारोको अँध्यारो हटाउने, हतार हतारमा।।

No comments:
Post a Comment