सून्दरताको खानी देखि तिम्रो लागि धाको थे
मनमन्दिरमा सजायसी तिम्रो पछि लाको थे॥
उर्वशी नि मात खाने कति राम्री भाकी तिमी
हाम्रो लागि भनी मनमा सानो संसार बनाको थे।
मनैमनमा सोच्न थाले तिमी रानी म राजा
हरेक जूनी तिम्रै हुने कसम पनि खाको थे।
मनमन्दिरमा सजायसी तिम्रो पछि लाको थे।
मिल्याथेनौ पूर्वजन्ममा नि भाग्य लेख्ने भावी भन्थिन
रोइकराई उनै भावीलाई पूनर्मिलन लेखाको थे।
खूशी मनले हिड्या देख्थे सँगीसँग तिम्लाई जब
किनकिन सोच्न थाले खुशीमा तिम्रो छाको थे।
मनमन्दिरमा सजायसी तिम्रो पछि लाको थे।
तर्किएर तिमी हिंड्दा चित्त मेरो दुखे पनि
हर रात सपनीमा सिर्फ तिम्लाई पाको थे।
यस्तो मेरो संसार सपनाको सुनाकी रैछौ कसैलाई तिम्ले
जिद्दी गरी निद्रादेवीलाई घुम्न त्यही गाको थे।
मनमन्दिरमा सजायसी तिम्रो पछि लाको थे।
अरुसँग सजिलै बोल्ने अप्ठ्यारो किन मसँग
यस्तो देखि कैयौं पटक दिक्क पनि भाको थे।
धेरै भाथ्यो खोजेको तिम्लाई देखे मनले खाने
नलुकाइ राख्नु कुरा मनको शिक्षा मैले पाको थे।

Nice one, I love gazals!!
ReplyDeletethanks for your comment tupesh bro
ReplyDelete