म सँग एउटा पुरानो दराज छ
जसमा राखेको थे मैले
केहि थान मेरा पुराना कविताहरु
दराजले धुलो रङ्गमै रमाउन सिकि पो सकेछ
प्रथमत दराजको बाहिरी धुलो पुछे
हल्का रिसाउदै धुलाम्मे दराज करायो
आँखा पनि धमिला धमिला भैसकेछन उस्का
अनि के पो चिन्थ्यो मुलाले मलाई
दराज खोले माकुराका जालाहरु हटाए ।
दराज खोली कुनै दिन बिर्सिदा
एउटा मुसो,
मौकाले छिरेछ कविता पढ्न भनि
र निस्किन नपाउदै दराज बन्द भैदिदा
कैद भएछ सदाका लागि
त्यै दराजभित्र
र टुक्राउन थालेछ
मैले लेखेका कविताका शब्दहरु
एकएक गरी
कैयन कविताहरु धोस्तै बनाएछ
खाइपचाई मल पनि बनाई
बाहिर निस्किने बाटो नपाई
उकुस्मुकुस्ले भित्रै देह त्यागेछ
डुब्नुडुबेछ बिचरा कविताको गहिराइमा
फेरि कहिले नउत्रीने गरी ।
मुसाले टुक्रा र मल बनाउन नभ्याएको
एउटा सग्लो धुलाम्मे कविता उठाए
धुलो टकटकाए फु फु गरे
सफा कपडाले पनि पुछे
हल्का पानी भिजाई निचोरी ओरी
ओसिलो कपडाले फेरि पुछे
त्यसपछि हल्का प्राइमर दले
अनि पोतिदिए निलो पालिस
र सुकाइदे लगेर घाममा
अनि सवारी भए घुम्न कतै टाढा
सन्ध्याकालमा घर फर्किए र हेरे
ल म्या ! दुरुस्तै नयाँ कविता पो बनेछ ।

No comments:
Post a Comment