Thursday, 9 March 2023

" मुर्ख मनुष्य ! "


 उदाउनुपर्ने  सुर्य हैन 

यो किन उदाइरहेछ

मुर्ख मनुष्य ! 

चम्किनुपर्ने  जुन हैन 

यो किन चम्किरहेछ 

मुर्ख मनुष्य ! 

यो आज सुर्जे हुन खोजिरहेछ

यो आज चन्द्रे हुन खोजिरहेछ ! ! 


यो घोर कलियुगमा जता हेर्यो झुठ मात्रै देखिन्छ 

यो किन सत्यहरिश्चन्द्रजस्तै सत्यवादी देखिदैछ,  

मर्यादा पुरुषोखत्तम हरु मात्रै देखिन्छन् वरीपरी 

अनि यो किन रामचन्द्रजस्तै मर्यादापुरुषोत्तम देखिदैछ

धर्म हराइ सक्यो  अस्तिनै

जो छन् त्यो पनि धार्मिक ढोङ्ग वाला छन्

कौरवैकौरव यत्रतत्र सर्वत्र छन् 

यो किन युधिष्ठिर झै धर्मनिष्ठ देखिदैछ

केहि  केहि खोट छ त आखिर

केही अरुभन्दा असल  फरक छु भन्ने  देखाउने हरुमा पनि 

निस्खोट हुनु एकमात्र खोट हो

यस्को !  

यो पागल हो बहुला हो दुनियाँ भन्छ

हो  पागल हुँ बहुला हुँ  खुद भन्छ ! 

घडी समेत उता चलिरहेछ अर्कोतिर

यो किन दुनिया विपरीत चलिरहेछ

मुर्ख मनुष्य ! 

मुर्ख मनुष्य ! ! 

Monday, 6 February 2023

" नयाँ कविता "




 सँग एउटा पुरानो दराज  

जसमा राखेको थे मैले

केहि थान मेरा पुराना कविताहरु 

दराजले धुलो रङ्गमै रमाउन सिकि पो सकेछ

प्रथमत दराजको बाहिरी धुलो पुछे

हल्का रिसाउदै धुलाम्मे दराज करायो 

आँखा पनि धमिला धमिला भैसकेछन उस्का

अनि के पो चिन्थ्यो मुलाले मलाई

दराज खोले माकुराका जालाहरु हटाए 


दराज खोली कुनै दिन बिर्सिदा

एउटा मुसो

मौकाले छिरेछ कविता पढ्न भनि 

 निस्किन नपाउदै दराज बन्द भैदिदा 

कैद भएछ सदाका लागि

त्यै दराजभित्र

 टुक्राउन थालेछ 

मैले लेखेका कविताका शब्दहरु

एकएक गरी

कैयन कविताहरु धोस्तै बनाएछ

खाइपचाई मल पनि बनाई 

बाहिर निस्किने बाटो नपाई

उकुस्मुकुस्ले भित्रै देह त्यागेछ

डुब्नुडुबेछ बिचरा कविताको गहिराइमा 

फेरि कहिले नउत्रीने गरी 



मुसाले टुक्रा  मल बनाउन नभ्याएको 

एउटा सग्लो धुलाम्मे कविता उठाए 

धुलो टकटकाए फु फु गरे

सफा कपडाले पनि पुछे

हल्का पानी भिजाई निचोरी ओरी

ओसिलो कपडाले फेरि पुछे 

त्यसपछि हल्का प्राइमर दले

अनि पोतिदिए निलो पालिस 

 सुकाइदे लगेर घाममा

अनि सवारी भए घुम्न कतै टाढा 

सन्ध्याकालमा घर फर्किए  हेरे 

 म्या ! दुरुस्तै नयाँ कविता पो बनेछ