म एक बन्द कोठामा
बन्द सत्र नै नभएनी
बन्द चौध को वार्तामा छु
बन्द कोठा मात्रै हो
बन्द वार्ता मात्रै हो
हावा बन्द छैन
पानी बन्द छैन
उज्याँलो बन्द छैन
मेरा भावनाहरु बन्द छैनन्
मेरो मुटु बन्द छैन
मेरो श्वास बन्द छैन
मेरो हाल बन्द छैन
मेरो चाल बन्द छैन ।
बन्द चौधको यस बेलामा
कसैलाई जित्नुछ
पछ्छार्नुछ, माथ लाउनु छ
आँखाले सजिलै नदेखिने
शत्रु माथि विजय पाउनु छ
जमानामा यस्तै अदृश्य कुरालाई जितेकै हो
दुख, चोट, बेदना, बिछोड
कहिले कस्ले देख्न सकेको थ्यो र ?

No comments:
Post a Comment