म कति नजिक हुन खोजे
पहिले जे भयो
जस्तो भयो बिर्सिन चाहे
कति प्रेम ले बोल्न खोजे
उ भने
उ भने मेरो खाप्चो हेर्न रुचाउदैने
क्यार्न हो कुन्नी
खुब कड्केर बोल्छे
राक्षस्नी बुढी।
उबेलाको कुरा
यो बेला ल्याउछे
उ बेला गलत सम्झिथी
अहिले नि गलत छु भन्ठान्छे
अगाडि पर्न हुदैन
काली अध्यारी हुन्छे
पड्किन थाल्छे
कालो बादलजस्तै
यस्ती त छे उ
राक्षस्नी बुढी।
पहिले नै
दुइदुइपल्ट मुडभेड भैैैसक्या हो
आत्मसमर्पण गर्नुपर्थ्यो, गरिएन
अब फेरि शिकार हुनुुुछैन
त्यसैले अब भित्रभित्रै रिसाउछु
उस्का अगाडी बस मुुुुस्कान देखाउछु
उस्को मेरो राशी मिल्दैन था छ
मसँग मायाले बोल्ले त्यो आशा नि छैन
बरु अगाडि पर्दिन
आउदै गरेको देखे अर्कैतिर हिड्दिन्छु
गाली गर्नु छ, त्यो पनि मनमनै गर्छु
राक्षस्नी बुढी, राक्षस्नी बुढी।
