Wednesday, 2 November 2016

" उस्को आत्मा "

आजै र राती सपनीमा
एकजना चिनेको मान्छे देखे
कहि कतै हराएको मान्छे देखे
पछि कसैले सम्झायो मलाई
ऊ ऊ हैन रैछ मैले सोचेको ऊ
उजस्तै देखिने अरु नै कोही रैछ
ऊ नमजाले मसग रिसाको मान्छे
म उसग नमजाले रिसाको मान्छे
सम्भबै थेन नि त हाम्रो भेट पनि
मनले के मान्थ्यो, मन मुला मन नै हो
लुकीलुकी उजस्तै उसलाई हेरिरहे
सायद भारी हुने यो छातीको देब्रे पाटोमा
अझै कतै मायाको टुक्रो बाकी हुदो हो।

पहिले ऊ औधी माया गर्थ्यो मलाई
पछि माया देखाउनै जानेन उस्ले
अलि मूर्ख जस्तै के, म पनि तेस्तै बने
जस्तालाई तेस्तै ढिडोलाई निस्तै
उबाट पहिलेजस्तै माया खोज्थे म
उपनि मबाट तेस्तै खोज्थ्यो कि कतै
थाहै पाइएन, कठैबरी पत्तै लाइएन
रिसको आगोमा माया खरानी भैसकेछ
अफसोच, अफसोच,
जलिसकेको खरानी गङगा सेलाउनुपर्ने
त्यो पनि त गरिएन रिसैरिसको बिषमा
सायद त्यसैले तर्साउछ उस्को आत्माले
यस्तै भीडहरुमा त्यस्तै एकान्तहरुमा।



Tuesday, 1 November 2016

" हाई हाई निद्रा "

हो म ओछ्यानमा पल्टिन्छु
अनि एकछिनमा आँखा चिम्लन्छु
आँखा चिम्लिरहेकै हुन्छु
बस पल्टिरहेकै मात्र हुन्छु
थकानले लखतरान हुदा पनि
थकानको थ नहुदा झन के हुनु
जे जस्तो जुनसुकै अवस्थामा पनि
आँखा चिम्लिरहेको नाटक मात्र
पल्टिरहेको नाटक पात्र मात्र
हो निद्राको ठुलो भोक छ मलाई
सायद कुनै ठुलो शोक छ मलाई
हाई निद्रा
हाई निद्रा
हाई हाई निद्रा।।

धेरै समय बितिसकेको छ
यस्तो नाटक गर्दै आएको
जीवनको यत्रो कालखण्ड
यसैमा हो ब्यतित गरेको
हो म पोख्त नाटककार भैसके
नाटक निर्देशनको काम देओस
त्यो नि मजाले गरिन्छ अब
मलाई सोध निद्रा के थियो के थिएन
मलाई सोध निद्रा के हो के होइन
हो निद्राको ठुलै भोक छ मलाई
सायद कुनै ठुलै शोक छ मलाई
हाई निद्रा
हाई निद्रा
हाई हाई निद्रा।।