उदाउनुपर्ने त सुर्य हैन
यो किन उदाइरहेछ
मुर्ख मनुष्य !
चम्किनुपर्ने त जुन हैन
यो किन चम्किरहेछ
मुर्ख मनुष्य !
यो आज सुर्जे हुन खोजिरहेछ
यो आज चन्द्रे हुन खोजिरहेछ ! !
यो घोर कलियुगमा जता हेर्यो झुठ मात्रै देखिन्छ
यो किन सत्यहरिश्चन्द्रजस्तै सत्यवादी देखिदैछ,
मर्यादा पुरुषोखत्तम हरु मात्रै देखिन्छन् वरीपरी
अनि यो किन रामचन्द्रजस्तै मर्यादापुरुषोत्तम देखिदैछ,
धर्म हराइ सक्यो त अस्तिनै,
जो छन् त्यो पनि धार्मिक ढोङ्ग वाला छन्
कौरवैकौरव यत्रतत्र सर्वत्र छन्
यो किन युधिष्ठिर झै धर्मनिष्ठ देखिदैछ,
केहि न केहि खोट छ त आखिर
केही अरुभन्दा असल र फरक छु भन्ने र देखाउने हरुमा पनि
निस्खोट हुनु एकमात्र खोट हो
यस्को !
यो पागल हो बहुला हो दुनियाँ भन्छ
हो म पागल हुँ बहुला हुँ उ खुद भन्छ !
घडी समेत उता चलिरहेछ अर्कोतिर
यो किन दुनिया विपरीत चलिरहेछ
मुर्ख मनुष्य !
मुर्ख मनुष्य ! !
