Tuesday, 22 September 2020

" नयाँ कविता "


म एउटा नयाँ कविता लेख्छु, 

जसमा शिशिर मा वसन्त 

र वसन्तमा शिशिर होस् ।

जसमा प्रेमिल समिप्यता होस्
खुसी होस् 
हाँसो होस्
सुख होस्
उन्नती होस्
बस्,
बेदना नहोस्
रोदन नहोस्
दुख नहोस्
बिछोड नहोस् ।

होस् त 
संसार जित्ने अडिग लक्ष्य होस्
कुवा भित्रकै भ्यागुतो नहोस् ।

होस् त
माथी उठ्न जान्ने भगवान होस्
शैतान या नादान नहोस् ।

होस् त
नयाँ कविताजस्तै उत्कृष्ट होस्
पुरानोजस्तो निकृष्ट नहोस् ।