Monday, 15 June 2020

लेख्नै नहुने कविता, भन्नै नहुने कविता "पङ्खा"




कतिन्जेल यो पङ्खा 
फनफन घुमिरहन्छ एकतमासले
अनि खै के झोक चल्छ
थाक्छ पो कुन्नी
अनसन पो बस्या हो कि
घुम्नै छोड्दिन्छ
र त अरु कसैलाई घुमाउछ फनफनी ।।

लेख्नै नहुने कविता
भन्नै नहुने कविता
म लेखिरहेछु
म भनिरहेछु
ओहो ! कत्रो गल्ती ।। 

अब म फरक कविता लेख्छु
जसमा साटासाट हुनेछन् भावनाहरु
खुसीसँगै साटिनेछन् दुखहरु
बरु चरेसले उछिन्नेछ हरेशलाई
अनि,
अब उप्रान्त यो पङ्खा 
आफ्नो गति रोक्नेछैन
झोकिनेछैन, थाक्नेछैन
अनसन पनि बस्ने छैन
र यो पङ्खा आफुमात्र घुम्नेछ 
यस्का फ्यानहरुलाई घुमाउनेछैन ।।