Friday, 8 July 2016

" लोभी, नीच र स्वार्थी मान्छे "

जब जब राम्रो कुरा देख्छ नि मान्छे
त्यो आफै सँग भैदे सपना देख्न थाल्छ
एकाएक उस्को मनमा द्वन्द चल्न थाल्छ
कुबिचार र सुबिचारको
जित्छ केले त आखिर, यी दुईमा?
जित्छ केवल लडाइको तमासा हेर्ने मान्छे
किनकी दुबै त्यै मनुवाकै सोचका उपज हुन्
हो मान्छे बेलाबेला ताण्डव देखाउछ
बेलाबेला सानोतिनो भुत नै चढ्छ उसमा
चाहेको पाउन यति बढी लालसा राख्छ कि
राम्रो नराम्रो ख्यालै नराखी जाइलाग्छ तेस्कै लागी
हो मान्छे साच्चिकै लोभी छ
हो मान्छे साच्चिकै नीच छ।।

आफुले अरुका लागी गरेको एक एक कामको
अझ नगरेका एक दुई काम कुरा थपेर
नमेटिने गरि नहराउने गरि आफ्नै मनमा साक्षीसहितको प्रमाण जम्मा गर्छ, कडा प्रमाण
र बदलामा,
बदलामा जस्लाई आफुले सहयोग गरेको हो
उबाट क्वान्टिटी र क्वालिटीमा सानो कमी होस्
उद्द्ण्ड हुन्छ मान्छे र देखाउन थाल्छ ताण्डव नाच
यतिबेला उस्लाई लाग्दो हो सायद
देवो के देव महादेव मै हुँ
ससारमा यदी कोही महादेव छ भने
त्यो भन्दा पनि ठूलो महादेव मै हुँ
र म बराबरकै महादेव छ भने पनि
ताण्डव नाचको अधिकार सिर्फ मसँग छ।

मलाई अचम्म लाग्दैन ,
पीडित प्रति सहानुभूति अनुभूति पनि हुँदैन
किनकी पीडित भनाउदो खुद पिडक पनि हो
उसँग पनि कडा प्रमाण छ अरु कसैको लागी
परेका बेला उस्ले पनि खुद ताण्डव देखाउछ
हो मान्छे साच्चिकै नीच छ
हो मान्छे साच्चिकै स्वार्थी छ।।